arrow

एमालेको चेतावनी : 'सरकारका हरेक निर्णय उल्टाईन्छ'

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । नेकपा एमालेले अहिलेको कामचलाउ सरकारले गरेको काम अब बन्ने सरकारले निरन्तरता नदिने भन्दै राजनीतिक नियुक्ति लगायतका कुनैपनि दीर्घकालीन निर्णय नलिन सरकारलाई चेतावनी दिएको छ । 

सोमबार एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तीमा कामचलाउ सरकारलाई कुनैपनि राजनीतिक नियुक्ति नगर्न चुतावनी दिईएको छ । “प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएलगत्तै काम चलाउ हैसियतमा सीमित हुनपुगेको वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको÷गर्न लागेको विषयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तीमा भनिएको छ । 

एमालेले प्रदेश प्रमुख र त्यससँग सम्बन्धित विभिन्न निर्णयहरु गर्न लागेको सूचनाप्रति पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यसैगरी गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठान लगायतमा नियुक्ति गरी मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम भएको जनाएको छ । 

बाम गठबन्धनले देशमा बहुमत ल्याईसकेको अवस्थामा सरकारले गरेको राजनीतिक नियुक्तिको एमालेले विरोध जनाएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ