arrow

गृह जिल्लाबाट प्रचण्डको जित, विक्रम पाण्डेले देखाए हार्दिकता

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
prachnd_win.jpg

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गृहजिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्वचित भएका छन् । दाहाल गृह जिल्ला चितवनको क्षेत्र ३ बाछ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

अध्यक्ष दाहालले लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकमा उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार तीन सय ४१ मत अन्तरले हराए ।

दाहालले ४८ हजार २७६ मत पाए । निकटतम प्रतिस्पर्धी पाण्डेले ३८ हजार नौ सय ३५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए । चितवन क्षेत्र नम्बर ३ मा ९३ हजार ८१३ मत खसेको थियो भने तीन हजार ५२० मत बदर भएको छ ।

यसअघि पुष्पकमल दाहाल २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा काठमाडौं १० बाट र २०७० को संविधानसभा निर्वाचनमा सिरहा–५ बाट विजयी भएका थिए । जीतपछि प्रजातान्त्रिक नेता पाण्डेले दाहाललाई माला लगाई बधाई दिए । उनले पनि जनमतप्रति सम्मान प्रकट गर्दै हार्दिकता देखाए ।

दाहालले जित्ने वित्तिकै परिवारसँग सामूहिक तस्वीर समेत खिचेका छन् । उनले धर्मपत्नी सीता दाहाल र दुई छोरीहरुसँग तस्वीर खिचेका छन् । त्यो तस्वीरमा बुहारी भने अटाएका छैनन् । केही दिन अघि मात्रै एक मात्रै पुत्र प्रकाशको निधन भएपछि दाहाल शोककै बेला चुनावी अभियानमा जुटेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ