arrow

जितपछि गृह जिल्ला पुगेर ओलीले के भने ?

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
kp_oli_win.JPG

भद्रपुर ।  एमाले अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीले अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने बताएका छन् ।

एमाले, माओवादी केन्द्र र राप्रपा जिल्ला कमिटी झापाले रंगशालामा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै ओलीले यसो भनेका हुन् ।

अध्यक्ष ओलीले लोकतान्त्रिक अभ्यासमा लोकतन्त्रप्रति सधैँ प्रतिबद्ध रहने भन्दै नयाँ सरकारले जनताले खोजेको शान्ति सुरक्षा यथोचित ढंगले गर्ने सुनाए ।

उनले निर्वाचनको सेरोफेरोमा म्यादी प्रहरीले बम आक्रमणबाट ज्यान गुमाएकाप्रति उच्च सम्मान गर्दै यो ऐतिहासिक निर्वाचनले जनताको काम गर्ने प्रतिनिधिलाई मात्र पत्याएकाले शासन सञ्चालनमा जनताको सहभागिता रहने आश्वासन दिए ।

कार्यक्रममा झापा निर्वाचन क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्कीले मुलुकमा प्रशस्त उद्योग सञ्चालन गरी वैदेशिक रोजगारमा जाने प्रवृत्तिलाई न्यूनीकरण गरिने बताए ।

राप्रपा जिल्ला अध्यक्ष अमरबहादुर विष्टको अध्यक्षतामा भएको सो कार्यक्रमा झापा निर्वाचन क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार लिङ्देनले आफूले जनताप्रति सधैँ बफादार भएर काम गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ