arrow

गच्छदारको क्षेत्रमा भगवतीले मत गन्न दिइनन् 

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
gachhadar_bhagawati.png

काठमाडौं । बिहानदेखि रोकिएको सुनसरी क्षेत्र नं ३ को मत गणना अझै सुरु हुन सकेको छैन् । हार्ने निश्चित भएपछि बाम गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यको उम्मेदवार बनेकी एमाले नेतृ भगवती चौधरीले मत गणना हुन दिइरहेकी छैनन् । 

सूरुमा करिब ३ हजार मतले अग्रता लिएकी चौधरीको मतान्तर घटेर १ सय ५४ मा आएको र बिजय गच्छदारको पकेट क्षेत्रको मत गन्न बाँकी भए पछि हार्ने डरले बिबाद निकालेर गणना रोकेकी हुन्। मत गन्नेक्रममा मत पेटीकामा अर्धकट्टी सहितको मतपत्र भेटिएको थियो। यही कुरालाइ लिएर चौधरीले मत गणना हुन दिएकी छैनन्।

तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुगले भने, “हार्ने डरले भगवतीले बिबाद निकालेर बिजय गच्छदारको बद्नाम गर्ने काम गरेकी छन्। यदि कांग्रेसले लफडा गर्ने भए तीन हजार मतले पछाडी हुँदा नगरेर समान मत हुदा गर्छ ? यो नसुहाउने कुरा गरेर गच्छदारको बदनाम गर्न खोजिदैछ।” 

सुरुमा गच्छदार ३ हजार मतले पछि परेका थिए तर अहिले १५४ मतको मात्रै फरक छ। इटहरी १० र ११, गढी १, ३, ४, ५ दुहवी २, ३, ११, १२ र वर्जु ६ को मत गन्न वाँकी छ। यी क्षेत्र गच्छदारको पकेट क्षेत्र मानिन्छन्। यही कारण हार्ने डरले भगवतीले निर्बाचन कार्यालयमा उजुरी हालेर मतगणना हुन दिएकी छैनन्। 

बिगत बर्षमा पनि मत गणनाको अन्त्यतिर भगवतीले बिबाद गरेर मत गणना रोकी बिजय गच्छदारले मत गणना रोकी धाँधली गरेर जितेको भनेर  प्रचार गराएकी थिइन। यस पटक पनि आफु हार्ने भए पछि बिजय गच्छदारले धाँधली गरेको भनेर अर्नगल प्रचार गराउन भगवतीले मत गणना रोकेको कांग्रेस कार्यकर्ताले बताएका छन्।

अहिले मत गणना स्थल वरपर सयौ कांग्रेस कार्यकर्ता भेला भएर तुरुन्त मतगणना सुचारु गर्न माग गरिरहेका छन्। चौधरीले भने केपी ओलीलाइ फोन गर्न लगाएर नगन्न दबाब दिइरहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ