arrow

विजय जुलुसमा प्रचण्डले भने– ‘चितवनका जनतामाथि घात गर्दिन’

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
prachnd2.JPG

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं चितवन ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहालले चितवनका जनतामाथि कहीँ कतैबाट घात नगर्ने बताएका छन् ।

भरतपुरमा निकालिएको विजय जुलुसकोबीचबाट दाहालले चितवनका जनता परिवर्तनको पक्षमा रहेकाले जनअपेक्षामा कहीँ कतैबाट घात गर्ने बताएका हुन् ।

उनले भने, ‘तपाईहरुको समृद्धिको चाहानालाई हामी पूरा गर्छौँ । किन कि चितवनबाट नौ का नौँ वामपन्थी जिताउनु भएको छ । यो जनमतको उच्च कदर हुनेछ ।’ चितवन मात्रै होइन, अब मुलुकनै समाजवादी समुन्नतितिर जान्छ ।

अध्यक्ष दाहाल गृह जिल्ला चितवन ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएलगत्तै विजय जुलुस निस्किएको हो ।

उनले लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकमा उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार तीन सय ४१ मत अन्तरले हराए ।

दाहालले ४८ हजार २७६ मत पाए । निकटतम प्रतिस्पर्धी पाण्डेले ३८ हजार नौ सय ३५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए । चितवन क्षेत्र नम्बर ३ मा ९३ हजार ८१३ मत खसेको थियो भने तीन हजार ५२० मत बदर भएको छ ।

यसअघि पुष्पकमल दाहाल २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा काठमाडौं १० बाट र २०७० को संविधानसभा निर्वाचनमा सिरहा–५ बाट विजयी भएका थिए । जीतपछि प्रजातान्त्रिक नेता पाण्डेले दाहाललाई माला लगाई बधाई दिए । उनले पनि जनमतप्रति सम्मान प्रकट गर्दै हार्दिकता देखाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ