arrow

एनसेल मेला चार शहरमा, फोरजी मेला पुष ८ बाट सुरु

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
ncell-mela.jpg

काठमाडौं। एनसेलले देशको विभिन्न चार शहरहरुमा यहि पुष ८ देखि एनसेल मेला २०७४ को आयोजना गर्ने भएको छ। आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन-फोरजीको अनुभव प्रदान गर्न, एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना गर्न लागेको हो।

यी चारै शहरहरुमा एनसेलले छोटो अवधिमा नै आफ्नो फोरजी सेवा विस्तार गरिसकेको छ। आयोजना हुन गइरेहको मेलामा गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुनेछन् र आगन्तुक तथा दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुतिहरुबाट भरपुर आनन्द लिन सक्नेछन्।

विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण एनसेल मेला यही पुष ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरिने छ। यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना हुनेछ। यी प्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझ ६.३० सम्म चल्ने छ।  मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन्। मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन्।

चर्चित कलाकार तथा सांगीतिक समुहहको प्रस्तुती, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन्। स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘लिटल नेपाली आइडल’कार्यक्रमको पनि आयोजना गरिनेछ। मेलाको अरु आकर्षणहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु हुनेछन् भने बालबालिकाहरुका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु रहनेछन्।

आगन्तुकहरुले मेलामा, देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै विषेश एनसेल फोरजी जोनमा फोरजी चलाएर टेष्ट पनि गर्न सक्नेछन्। दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन्।

मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमा कबवेभ, द एज र स्याडोज्ले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा भाग लिनेछन्। त्यसैगरी, मेलाको अरु आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन्।

“हामी सन् २०१७ को बिदाई नजिक छौ। यो समय भनेको सबै साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै नयाँ वर्ष २०१८ को स्वागत गर्ने बेला हो,” एनसेलका प्रमुख कर्मशियल अधिकृत कोकलियोङ् यापले भने। “हामीलाई आशा छ सबै जना आ(आफ्ना साथीभाई र परिवारका साथ यो मेलामा सहभागि भई रमाईलो गर्नु हुनेछ। मेलामा चर्चित कलाकारहरुको प्रस्तुति बाहेक अन्य थुप्रै रमाईला कार्यक्रमहरु पनि समावेश गरिएका छन्। मेलामा आउन नसक्नेहरुले पनि हाम्रो १९ शहरहरुमा फैलिएको फोरजी नेटवर्क मार्फत ‘योण्डर म्युजिक’र‘आईफ्लिक्स’मुभिज्को मजा लिनुहुनेछ भन्ने आशा लिएका छौ।”गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका १० स्टलहरु पनि रहनेछन्। एनसेलका ग्राहकहरुले मेला सम्बन्धि थप जानकारीका लागि १७१०६ मा डायल पनि गर्न सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ