arrow

कृषि विकास बैंक घोटाला : वरिष्ठ कर्मचारीकै संलग्नता, थप तीन पक्राउ

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
arest-new-a.jpeg

काठमाडौं । कृषि विकास बैंकको न्युरोड शाखामा भएको घोटालामा बैंककै वरिष्ठतम् कर्मचारीको संलग्नता रहेको खुल्न आएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले बैंकका शाखा प्रबन्धकसहित थप तीन कर्मचारीलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो । न्युरोड शाखाका कायम मुकायम मुख्य शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, इलेक्ट्रोनिक्स चेक क्लियरिङ इसीसी शाखाका प्रमुख गोपाल गिरी र कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठा सोमबार पक्राउ परे । उनीहरुलाई बैंकिङ कसुर गरेको भन्दै  अदालतबाट म्याद थप गरिएको छ ।

बैंकको न्युरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको बताइँदै छ । घोटालामा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सीआईबीले दुई साताअघि नै पक्राउ गरी अनुसन्धान थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ