arrow

फरार सुचीका रेशम चौधरी बने सांसद

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
resham-chaudhary.jpg

कैलाली । प्रहरीको फरार सुचीमा रहेका रेशमकुमार चौधरी सांसद बनेका छन् । 

उनी कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

राजपाका उम्मेदवार चौधरी ३४ हजार ३ सय ४१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कम्युनिष्ट गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा) ले १३ हजार ४०६ मत मात्र पाइन् । 

तेस्रो भएकी कांग्रेसकी इश्वरी न्यौपानेले ११ हजार २०३ मत ल्याइन् । 

चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् र उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।

यसैगरी प्रदेशसभा तर्फ एक सिट राजपाले र एक सिट नेपाली कांग्रेसले जितेका छन् । क्षेत्रनम्बर १ क मा राजपाका १२ हजार १८४ मतसहित प्रदेशसभामा विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ३०८ मत पाए । 

यसैगरी क्षेत्रनम्बर १ ख मा नेपाली कांग्रेसका रणबहादुर रावल ९ हजार ४३४ मतसहित विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नेपबहादुर थारु (चौधरी) ले ८ हजार ९०६ मत पाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ