arrow

सुनसरी ३ को चुनावः भगवतीले हार्ने डरले मतगणना हुन दिइनन् – गच्छदार

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
gachhadar.jpeg

सुनसरी । सुनसरी क्षेत्र नं ३ को मतगणना अझै शुरू हुन सकेन । सोमबार राति मतगणना सुचारू गर्ने बिषयमा भएको छलफलबाट केही सहमति नबनेपछि मतगणना शुरू हुन नसकेको हो । 

अर्धकटि सहित भेटिएको ९ वटा मत बदर हुनुपर्ने नभए पुनः विवाद भएको स्थानमा मतदान हुनुपर्ने एमालेकी उमेदवार भगवती चौधरीको माग रहँदै आएको छ । 

यता कांग्रेसका उमेदवार बिजय कुमार गच्छदारले आफु हार्ने डरले भगवतीले मतगणना रोकेर मतगणना प्रभावित पार्न खोजेको बताएका छन् । 

गच्छदारले चाँडै रोकिएको मतगणना शुरू गर्नु पर्ने माग राखेका छन् ।
 
रोकिएको मतगणना सुचारू गर्ने बिषयमा दुवै दलका प्रतिनिधि पुनः छलफलमा बस्दैछन् । 

यता मतगणना रोकिएपछि मतगणना स्थल सुनसरीको जिल्ला समन्वय समितिको भवन अगाडि ठुलो संख्यामा एमाले र कांग्रेसका कायकता जम्मा भएका छन् । 

दुवैबीच झडप हुन नदिन उत्तिकै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ