arrow

पराजित भएपनि कञ्चनपुरको विकासमा लागिरहने रमेश लेखकको प्रतिक्रिया

logo
ईश्वर दत्त बडू 
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
ramesh-lekhak.gif.gif

 कञ्चनपुर । प्रदेश नम्बर ७ मा राजनैतिक हिसाबले महत्वका रुपमा मानिने कञ्चनपुरमा  तीनओटै निर्वाचन क्षेत्रबाट वामकै उम्मेदवार निर्वाचित भएका छन् ।

 कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट पनि वामकै उम्मेदवार निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मत गणना अनुसार ३ नम्बर क्षेत्रबाट प्रतिनिधी र दुवै प्रदेश तर्फ वामका उम्मेदवार निर्वाचित भएका छन् । वामका उम्मेदवार त्रयले झिनो मतको अन्तरले काँग्रेसका उम्मेदवारलाई हराएका छन् ।

वामका उम्मेदवार भट्टले काँग्रेसका प्रभाशाली नेता रमेश लेखकलाई २५८ मतको अन्तरले हराउदै निर्वाचित भएका छन् । भट्टले २६ हजार ३६४ र लेखकले २६ हजार १०६ मत ल्याएका छन् । काँग्रेसका उम्मेदवार लेखक सोही निर्वाचन क्षेत्रबाट विस २०५६ र २०७० मा समेत निर्वाचित भएका थिए । 
काँग्रेस केन्द्रीय सदस्य एव पुर्वमन्त्री समेत रहेका लेखक यस पटक भने हार बेहोरेका छन् । विजयी भट्ट  कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट पहिलो पटक निर्वाचन लडेका हुन् ।

निर्वाचन क्षेत्र नम्बर ३ मा ८७ हजार १२२ कुल मतदाता मध्ये ५३ हजार ५२९ मत सदर भएका थिए । निर्वाचन क्षेत्र नम्बर २ का दुवै प्रदेश सभामा वामकै उम्मेदवार निर्वाचित भएसकेका छन् ।

यस्तै निर्वाचन क्षेत्र नम्बर ३९क० प्रदेश सभा तर्फ प्रकास रावलले काँग्रेसका उम्मेदवार यज्ञराज जोशीलाई झिनो मतान्तरले हराउदै निर्वाचित भएका छन् । रावले ६२ मतको अन्तरले हराउदै निर्वाचित भएका छन् ।  

रावलले १२ हजार ८१७ र जोशीले १२ हजार ७५४ मत ल्याएका थिए । कुल ४२ हजार २५४ कुल मतदाता मध्ये  यस निर्वाचन क्षेत्रमा २६ हजार १३६ मत सदर भए ।  

क्षेत्र नम्बर ३को ९ख० प्रदेश सभा तर्फ वामका उम्मदेवार मान बहादुर सुनारले काँग्रेसका उम्मेदवार बेल बहादुर रानालाई १६१ मतको अन्तरले हराउदै निर्वाचित भएका छन् । सुनारले १३ हजार ७०० र रानाले १३ हजार ५३९ मत ल्याएका थिए । कुल ४४ हजार ८६८ मतदाता मध्ये २७ हजार ९९८ मत सदर भएका थिए ।

 ३ नम्बर क्षेत्रका निर्वाचित त्रय उम्मेदवारले चुनावका जनतासंग गरेका बाचा पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान १० बजे विजयी भएको प्रमाण पत्र दिने तयारी गरेको छ । 

यस्तै कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मतान्तरले यस अघि बाट विजयी भएकी छन् । 

यस्तै प्रदेशसभा १ बाट तारालामा तामाङ र प्रदेशसभा २ बाट कुलवीर चौधरी विजयी भइसकेका छन् । यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पुर्व सिँचाईमन्त्री एनपी साउदलाईे पछाडी पार्दै प्रतिनिधी सभा सदस्यमा नर बहादुर धामी निर्वाचित भएका हुन्  ।


वामका उम्मेदवार धामीले ८ हजार ३२७ मतको अन्तरले हराउदै निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो । निर्वाचन क्षेत्र नम्बर २ अधिकृतको कार्यालयका अनुसार धामीले २४ हजार ८९३ र साउदले ३३ हजार २२० मत ल्याएका थिए । निर्वाचन क्षेत्र नम्बर २ मा ८९ हजार ७९१ कुल मतदाता मध्ये ६२हजार ७८१ मत खसेका थिए । 

क्षेत्र नम्बर २ को क र ख प्रदेश सभामा वामका उम्मेदवारले निटकत नेपाली काँग्रेसका उम्मेदवारलाई हराउदै निर्वाचित भएका हुन् । 
निर्वाचन क्षेत्र नम्बर २ क प्रदेश सभा तर्फ वामका उम्मेदवार महेश दत्त जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार पुष्कर राज ओझालाई ५ हजार २९ मतले हराउदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । 

जोशीले १७ हजार, ६७२ र ओझाले १२ हजार ४६२ मत ल्याएका थिए । यस प्रदेशमा ३० हजार ८०२ मत खसेको थियो । निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेश सभा तर्फ पनि वामकै उम्मेदवार लाल बहादुर खडका निर्वाचित भएका छन् । 

खड्काले आफ्ना निकटतम प्रतिद्वन्दी बहादुर सिह थापालाई ४हजार ५३४मतले अन्तरले हराउदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । खडकाले १६हजार ३८५ र थापाले ११ हजार ८५१ मत ल्याएका थिए । यस प्रदेशमा २९ हजार ३१४ मत खसेको थियो ।
बिना मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाएका थिए ।

राजनैतिक हिसाबले महत्वका रुपमा मानिने कञ्चनपुरमा  तीनओटै निर्वाचन क्षेत्रबाट वामकै उम्मेदवार निर्वाचित भइरहदा कञ्चनपुर कांगेसले कुनै प्रतिक्रिया दिएको छैन । 

काँग्रेस केन्द्रीय सदस्य एवं पुर्वमन्त्री समेत रहेका रमेश लेखकको  हार लाई महत्वका साथ हेरिएको छ । नेपाली कांग्रेस मिडियामैत्री नहुनु पनि पराजयको कारक भएको टिप्पणी गरिएको छ । 

नेपाली कांग्रेका कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट काँग्रेसका प्रभाशाली नेता रमेश लेखकले मत परिणाम स्वीकार्दै आफू पराजित भएपनि कञ्चनपुको विकासमा लागिरहने प्रतिक्रिया दिएका छन् ।

तस्वीर– कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ वामका उम्मेदवार त्रय प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्ट प्रदेश सभा मान बहादुर सुनार र प्रकास रावल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ