arrow

समानुपातिकमा एमाले अगाडि

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
cpnuml.jpeg

फलेवास , पर्वत । समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभाको समानुपातिक मतमध्ये एमालेले ३० हजार ९९९ र नेपाली काँग्रेसले २५ हजार १९० मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (माओवादी केन्द्र)ले छ हजार ४४९, विवेकशील साझा पार्टीले एक हजार ५७१, राप्रपाले ५२५, राप्रपा (प्रजातान्त्रिक)ले १५३ र संघीय समाजवादी फोरम नेपालले ४० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा(माले)ले १७६, राष्ट्रिय जनमोर्चाले ४७५, राष्ट्रिय जनमुक्ति पार्टीले ३८६, नेपाली जनता दलले ११२ र नयाँ शक्ति पार्टी नेपालले २२७ मत प्राप्त गरेका छन् ।


यस्तै प्रदेशसभातर्फको मतगणनामा पनि एमाले नै अगाडि देखिएको छ । एमालेले २८ हजार २७४, काँग्रेसले २३ हजार ९७६ र माओवादी केन्द्रले ८३८ मत प्राप्त गरेका छन् ।

विवेकशील साझाले ९७९ र राप्रपाले ७२३ मत प्राप्त गरेका छन् । अन्य राजनीतिक दलले भने न्यून मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । समानुपातिकमा पाँच सयभन्दा बढी मत ल्याउनेमा अन्य पाँच दल छन् ।

त्यस्तै  बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा (एमाले)ले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएको छ ।

नेपाली काँग्रेसले २१ हजार २८५, नेकपा (माओेवादी केन्द्र)ले ११ हजार २१२, राप्रपाले चार हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत अर्थात् १७ प्रतिशत मत बदर भएको छ ।

 प्रदेशसभा क्षेत्र नं १ मा पनि एमालेले सबैभन्दा बढी नौ हजार ८७३ मत प्राप्त गरेको छ । काँग्रेसले नौ हजार ६६९, माओवादी केन्द्रले छ हजार ८१४, राप्रपाले एक हजार ९७८ र विवेकशील साझा पार्टीले ४२ मत प्राप्त गरेको प्रजिअ सिद्धराज जोशीले जानकारी दिनुभयो ।

प्रदेशसभा क्षेत्र नं १ मा समानुपातिकतर्फ ३७ हजार ९७९ मत खसेकामा नौ हजार ९४ मत बदर भएको छ । यसैगरी प्रदेशसभा क्षेत्र नं २ मा एमालेले सबैभन्दा बढी ११ हजार १९१ मत प्राप्त गरेको छ । काँग्रेसले आठ हजार ५९३, माओवादी केन्द्रले चार हजार ५६१ र राप्रपाले तीन हजार १७१ र विवेकशील साझाले ६८ मत प्राप्त गरेको छ । प्रदेशसभा क्षेत्र नं २ मा समानुपातिकतर्फ खसेको कूल ३६ हजार ७९६ मतमध्ये आठ हजार ८४२ मत बदर भएका छन् ।

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीका प्रत्यक्षतर्फका सबै क्षेत्रमा वाम गठबन्धन विजयी भएको थियो । बैतडीमा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ