arrow

स्याङ्जा–१ मा मरासिनी विजयी

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
syanja_district_map.png

वालिङ, स्याङ्जा। स्याङ्जा–१ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका नारायणप्रसाद मरासिनी विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजु थापालाई १० हजार ७०२ मतान्तरले पराजित गरी उनी विजयी भएका हुन् । मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गरे । 

२०७० सालको संविधानसभाको निर्वाचनमा पनि स्याङ्जा क्षेत्र नं १ मा उनीहरु प्रतिस्पर्धी थिए । संविधानसभाको निर्वाचनमा पराजय भोग्नुभएका मरासिनीले यस पटक थापालाई जितेका हुन्। 

यसैगरी प्राप्त पछिल्लो मतगणना अनुसार स्याङ्जा –२ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार पदमा अर्यालले अग्रता लिएका छन् । उनले २७ हजार ६७७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी काँग्रेसका गोपालमान श्रेष्ठले २६ हजार २०३ मत ल्याएर पछ्याइरहेका छन्। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ