arrow

भारतको काँग्रेसले निर्विरोध छान्यो राहुललार्इ, युवा नेतृत्व पाउँदा कार्यकर्ता खुशी 

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
rahul_gandhi.jpg

नयाँ दिल्ली । सोमबार कांग्रेस उपाध्यक्ष राहुल गान्धी भारतको काँग्रेस आइको अध्यक्षमा निर्विरोध चयन भएका छन् । उनले आगामी १६ डिसेम्बरदेखि कार्यभार सम्हाल्ने तय भएको काँग्रेस आइले जनाएको छ । 

कांग्रेसको केन्द्रीय चुनाव आयोगका अध्यक्ष एम रामचन्द्रनले बताए अनुसार राहुल गान्धीलार्इ पार्टीको विधान अनुसार अध्यक्ष घोषित गरिएको जानकारी दिए । कांग्रेसको अध्यक्ष पदका लागि भएको निर्वाचन कार्यक्रम अन्तर्गत् सोमबार उम्मेदवारको नाम फिर्ता लिने समयमा गान्धीले नाम फिर्ता नलिएपछि उनी निर्विरोध अध्यक्ष चयन भएका हुन् । 

रामचन्द्रनले बताए अनुसार राहुल गान्धी 16 डिसेम्बरको दिन ११ बजे आयोगमा अध्यक्ष निर्वाचित भएको प्रमाणपत्र लिन आउने कार्यतालिका रहेको छ । कांग्रेसका वरिष्ठ प्रवक्ता अजय माकनले पत्रकारहरुसँगको छलफलमा भनेका छन् १६ डिसेम्बरमा नै राहुलले अध्यक्ष पद सम्हाल्ने छन् । 

१९७० सालमा जन्मिएका राहुल अहिलेसम्म काँग्रेस आइका उपाध्यक्ष थिए भने उनकी आमा सोनिया गान्धी पार्टी अध्यक्ष थिर्इन् । उनी भारतीय संसदको सदस्य समेत छन् । युवापुस्ताबाट उनी पार्टी अध्यक्ष बनेसँगै भारतीय काँग्रेसीहरुले खुशी व्यक्त गरेका छन् । यद्यपि परिवारबादकै निरन्तरता रहेको भन्दै आलोचना गर्नेको समेत कमि देखिँदैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ