arrow

पाँचथरमा प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक तर्फ एमाले पहिलो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
cpnuml-530x304.jpg.jpeg

पाँचथर । पाँचथरमा समानुपातिकको प्रतिनिधि सभा तथा प्रदेश सभा समा दुवै तर्फ नेकपा एमाले पहिलो भएको छ । मंगलबार भएको अन्तिम परिणाममा उसले प्रतिनिधी सभा तर्फ २६ हजार नौ सय ३३ र प्रदेश सभाको समानुपातिक तर्फ २४ हजार १ सय ७ मत प्राप्त गरी पहिलो बनेको हो ।

यस्तै नेपाली काग्रेसले प्रतिनिधि सभा तर्फ १७ हजार नौ सय पैतिस र प्रदेश सभा तर्फ १५ हजार ८ सय ५५ मत ल्याएर दोस्रो बनेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा तर्फ १० हजार १ सय ९१ र प्रदेश सभा तर्फ ११ हजार १ सय ६३ मत ल्याएर तेस्रो बनेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पाटीले प्रतिनिधि सभामा ४ हजार ३ सय ७५ र प्रदेश सभामा ३ हजार ९ सय ६८ मत ल्याएर चौथो बनेको छ ।

त्यसैगरी संघीय समाजवादी फोरम नेपालले प्रतिनिधी सभामा २ हजार ३ सय ८३ र प्रदेश सभा तर्फ २ हजार ४ सय २६ मत ल्याएको छ । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधि सभा तर्फ २ हजार ३ सय र प्रदेश सभा तर्फ २ हजार ७ सय २ मत ल्याएको छ ।

यस्तै एकीकृत राप्रपा राष्ट्रवादीले प्रतिनिधि सभा तर्फ ४ सय ७४,र प्रदेश सभा तर्फ ६ सय ४४ मत,नेकपा मालेले प्रतिनिधि सभामा ३ सय ८५ र प्रदेश सभा तर्फ ३ सय ३६ मत ल्याएको हो । कुल ७७ हजार ९ सय ७७ मतदाता रहेको पाँचथरमा प्रतिनिधी सभा तर्फ ९ हजार १ सय ४०  र प्रदेश सभा तर्फ १२ हजार ७ सय ४७ मत बदर भएको मुख्य निर्वाचन अधिकृत मनोज कुमार केसीले बताए ।

छोटो समय भएको हुँदा मतदाता शिक्षा कार्यक्रम सवै मतदातासामू पुग्न नसकेको हुँदा पनि मत बदरको संख्या वढि रहेको जिल्ला निर्वाचन अधिकारी धु्रव कुमार राईले बताए। यस्तै प्रत्यक्ष तर्फको प्रतिनिधि सभामा नेकपा एमालेका वशन्त कुमार नेम्बाङ,प्रदेश सभाको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेद्धवार गणेश काम्बाङ, क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेद्धवार इन्द्र आङबो मौसम विजयी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ