arrow

गगन थापाको पहलमा पाँचथरमा बन्नलागेको ५० शैयाको अस्पताल शिलान्यास

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
hospital_photo_2.jpg

पाँचथर । पाँचथर सदरमुकाम फिदिममा निर्माण हुन लागेको ५० शैयाको जिल्ला अस्पतालको भवनको मंगलबार शिलान्यास गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष दिपक नेपाल र अस्पतालका डाक्टर भूपाल श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । 

शिलान्यास पछि बोल्दै उनले तोकिएकै समयमा भवन निर्माण हुने र यसबाट पुर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई भेग लगायतका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको विशेष पहलमा जिल्ला अस्पताल पाँचथरको ५० शैयाको भवन परेको हो ।

सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले ठेक्का मार्फत भवन निर्माणको काम शुरु गरेको हो ।४ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा निर्माण हुने अढाई तले भवन बनाउने जिम्मा अनक हिरातन जेभीले पाएको छ । २ वर्षभित्र निर्माण कार्य सक्नुपर्ने उक्त भवन २१ करोड ४ हजार ७ सय ६ रुपैया ५७ पैसामा बनाउनुपर्ने छ । 

गत ०७४ असोज मसान्त भित्र ठेक्का सम्झौता भएको उक्त भवनको ३ महिना पछि शिलान्यास भएको हो । सर्वेक्षणका क्रममा २६ करोड रुपैया लागत अनुमान गरिएपनि अनक हिरातन जेभीले १७ प्रतिशत बिलोमा काम गर्न मन्जुर भएको हो ।

भुकम्प प्रतिरोध क्षमताको भवन अपांग मैत्री हुनेछ । भुइतलामा इर्मेजन्सी, ल्याब, ओपिडी, अपरेशन थिएटर, रेडियोलोजी, पहिलो तलामा अपरेशन थिएटर,डेन्टल,इन्डोओर,अन्तिमतलामा डाक्टरको कार्यालय,प्रशासनिक कक्ष,मिटिङ हल, अस्पताल विकास समिती अध्यक्षको च्याम्बर रहने छ । यस्तै अस्पताल विकाश समितीका अध्यक्ष दिपक नेपाल आएपछि अस्पतालले मुहारनै फेरिसकेको छ । अब अस्पतालमा आगामी पुसदेखि चौबिसै घण्टा फार्मेसी संचालन गरिने अस्पताल विकास समिती अध्यक्ष नेपालले बताए । 

मेडिकलहरु भन्दा अस्पतालको फार्मेसीमा १० प्रतिशत छुटमा औषधी दिइन्छ । यस्तै सरकारले ७१ प्रकृतिका औषधि निशुल्क दिएकोमा अब पौष देखि ९ प्रकृतिका औषधि थप्दैछ । फिदिम नगरपालिकाको सहयोगमा अब चाँडै ओपिडी बुक ८पेजको दिने ब्यवस्था गर्न लागिएको अस्पताल विकास समितीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ