arrow

कपिलवस्तुमा २० हजार ल्याए चुनाव जितिन्छ, २७ हजार ६१७ मत बदर

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
kapilbastu_district_map.png

कपिलवस्तु । मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा खसेको मतमध्ये २७ हजार ६१७ मत बदर भएको छ ।

मतपत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मतपत्रमा दुई मत चिह्नमा छाप लगाउने जस्ता मतपत्र बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जब कि कपिलबस्तु क्षेत्र न‌ं ३ मा चुनाव जित्ने उम्मेदवारले जम्मा २० हजार १ मत ल्याएका थिए ।

मतदाता शिक्षाका लागि खटाइएका मतदाता स्वयंसेवीले प्रभावकारी मतदाता शिक्षा दिन नसक्दा र स्वयं उम्मेदवारले पनि आफ्ना मतदातालाई मत हाल्ने तरिका सिकाउन नसक्दा बदर मतको संख्या बढेको देखिएको छ । प्रतिनिधिसभातर्फबाट १३ हजार ८१४ र प्रदेशसभामा १३ हजार ८०३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लाका कुल मतदाता तीन लाख ११ हजार ७६० मध्ये ७३ दशमलव ७९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरि घिमिरेले बताए ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ