arrow

अहिलेकाे जनमत सत्ताका लागि हाेइन, शीर्जनशीलताका लागि हाे : अर्याल(कुराकानीसहित)

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
aryal_news.jpg

यस पटकको निर्वाचनमा राष्ट्रिय स्वाधीन अर्थतन्त्र र समृद्ध समाजको नारा दलहरुले लगाएका छन् । त्यत्ति मात्र होइन, सरदर साढे ८ सय अमेरिकी डलर प्रतिव्यक्ति आयमा सीमित नेपाली समाजलाई पाँच वर्षभित्र वार्षिक ५ हजार डलर आयआर्जन गर्ने क्षमता वृद्धि गर्ने दलहरुले भनेका छन् । तर, नीतिगत के सुधार गरिन्छ र यो समृद्धि हाँसिल हुन्छ ? अबको पाँच वर्षभित्रमै समुन्नत नेपाल देख्ने सपना पूरा कसरी हुन्छ ? नीतिगत रुपमा के सुधार गर्नुपर्छ ? चुलिँदो अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्न र गरिबी न्यूनीकरण गर्ने के तारतम्य मिलाउनुपर्दछ ? यी र यस्तै सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालसँग हाामीले कुरा गरेका छाैँ:

० यो निर्वाचन परिणामले मुलुक समृद्धितिर जान्छ ?
– वाम गठबन्धनलाई जनताले ठूलो अवसर दिएका छन् । अस्थिरताबाट आजीत भएका नेपालीले गठबन्धनलाई झन्डै दुइतिहाई मत दिएका छन् । यसले आर्थिक समृद्धिका लागि वाम गठबन्धनलाई ठूलो अवसर दिएको छ । त्यही अवसरका लागि गठबन्धन बनेको हो ।
संविधानले पनि जहिले अस्थिरता मात्रै दिन्छ, बहुमत ल्याउँन दिँदैन भन्ने धेरै मान्छेमध्ये म पनि एकजना हुँ । त्यत्ति हुँदाहुँदै चमत्कारिक रुपमा अहिले गठबन्धन भयो, त्यसले आशा गरेकोभन्दा बढी परिणाम ल्यायो । यत्ति हुँदा पनि मुलुक समृद्धितिर गएन भने यो दुईतिहाइ बहुमतको के अर्थ रह्यो ? जनताले जे गरे, ठीक गरे, जनताले जे अपेक्षा गरेका छन्, त्यो यो वाम गठबन्धनले पुर्‍याउनुपर्छ । आर्थिक समृद्धिका लागि मुख्य कुरा राजनीतिक स्थिरता हो ।

० मुलुकको जनमत कदर भएर मुलुकको आर्थिक समृद्धि हुन्छ भनेर कत्ति विश्वास गर्ने ?
– मुलुकमा अस्थिरता मच्चाउन अनुभव प्राप्त नेताहरुबीच गठबन्धन भएको छ । अब जुन सरकार बन्छ, त्यसमा कत्ति सिर्जनशीलता हुन्छ, त्यसले जनतालाई विश्वास दिलाउने कत्ति क्षमता राख्छ । मुलुकलाई समृद्धितिर लैजान्छ भनेर जनताले वाम गठबन्धनलाई जिताएका हुन् । यो म्यान्डेडअनुसारको सिर्जनशील सरकार अब बन्नुपर्छ । सत्ताका लागि मात्रै हाेइन । लागिपर्नुपर्छ, ठीक बाटो पहिल्याउनुपर्छ, राजनीतिक झैझमेलामा फसेन भने देशमा समृद्धि सम्भव छ । यो लागि वाम गठबन्धन दीगो र दरिलो हुनुपर्छ ।
हाम्रा राजनीतिक दलहरुले आफू विजय प्राप्त गर्नका निम्ति जे जति परिश्रम गरे, त्यो जनताका लागि हो, हामी सत्तामा बस्नेहरुका लागि होइन भन्ने कुरा वाम गठबन्धनले सिद्ध गरेर देखाउनुपर्छ ।
यदि यो कुरा सिद्ध गर्न सकेनन भने, जनतालाई जित्नका लागि गठबन्धन बनेको रहेछ, देशमा समृद्धि ल्याउनका लागि यो गठबन्धन बनेको होइन रहेछ भन्ने प्रमाणित हुन्छ । जनताबाट यिनीहरुले जितेका हुन कि जनतालाई जित्न गठबन्धन भएको हो, यो कुरा हामीले हेर्नुपर्ने हुन्छ ।

० प्रमाणित आधार केही छोडेका छन् ?
– पहिलो आधार भनेकै राजनीति हो । मुलुकलाई डाेर्‍याउन सक्ने राजनीतिक क्षमता भएका मान्छे पनि छन्, त्यो तागत पनि भयो । शुभसंकेत यही हो । मुलुकमा अहिलेसम्म राजनीतिक स्थिरता थिएन, भ्रष्टाचार थियो, यो कुरालाई रोकेर अगाडि बढ्नका निम्ति कसैले छेक्नसक्ने अवस्था छैन । कथंम प्रतिपक्षीले आफ्नो धर्म निर्वाह गरेन भने पनि त्यसलाई पन्छाएर काम गर्न सक्ने क्षमता नेतृत्वकलामा हुन्छ । प्रतिपक्षमा बसेर जति हल्ला गर्न सजिलो छ, सत्तामा पुगिसकेपछि मुलुकलाई व्यवस्थित गर्न धेरै कठिन काम हो ।

कठिन काम जसले गर्न सक्छ, उसैले इतिहास रच्ने हो । त्यसकारण अहिले नै धेरै शंका उपशंका गर्नु हुन्न । हाम्रो देशमा राजनीतिक विशेष गरी कम्युनिष्ट पार्टीहरु फुटको संस्कृतिबाट परिपूर्ण छन् । कम्युनिष्ट पार्टीमा कत्ति विभाजन भए, त्यो हिसाब गरेर साध्य छैन । उनीहरुले आफ्नो विगतलाई पुनरावलोकन गर्नैपर्छ । बाम गठबन्धन फुटको संघारमा जाँदैन, यसले मुलुकलाई समृद्धि दिन्छ भन्ने कुरा जनतालाई विश्वास दिलाउनैपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ