arrow

इङलिस प्रिमियर लिगमा चेल्सी विजयी, बुधबार राति सिटी डर्बी

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
chelsea5.jpg

काठमाडौं। इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा चेल्सी, बर्नले र क्रिस्टल प्यालेस विजयी भएका छन्। चेल्सीले हडर्सफिल्ड टाउनलाई उसकै मैदानमा ३–१ ले हरायो । चेल्सीलाई विजयी गराउन बाकायोको, पेड्रो र विलियनले १–१ गोल गरे। लरेन डेपोर्तेले एक गोल फर्काए। बर्नलेले स्टोक सिटीलाई १–० ले तथा क्रिस्टल प्यालेसले वाट्फोर्डलाई २–१ ले पराजित गर्यो।

लिगमा बुधबार राति ७ खेल हुँदैछन्। म्यान्चेस्टर सिटीले स्वान्सी सिटीसँग, म्यान्चेस्टर युनाइटेडले बर्नमाउथसंग तथा आर्सनलले वेष्टह्यामसंग खेल्दैछ।त्यस्तै लिभपुल र वेष्टब्रोम, टोटनह्याम र ब्राइटन, न्युकासल र एभर्टन तथा साउथह्याम्पटन र लेस्टर सिटी भिड्ने छन्।लिगको अंक तालिकामा ४६  अंकबाट म्यानचेस्टर सिटी शिर्ष स्थानमा छ । ३५–३५ अंकका म्यानचेस्टर युनाइटेड र चेल्सी क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ