arrow

भ्याट तिर भन्दा उल्टै विरोध गरे धितोपत्र दलालहरुले (विज्ञप्ती सहित) 

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
dhitopatra_release.jpg

काठमाडौं । भ्याट तिर्न सरकारले ताकेता गरेपछि धितोपत्र सम्बन्धी दलालहरुले विरोध जनाएका छन् । बुधबार धितोपत्र व्यवसायसँग सम्बन्धित ४ संस्थाहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी आफूहरुमाथि भ्याट तिर्न ताकेता गरिएकोप्रति विरोध जनाएका हुन् । 

धितोपत्र व्यवसाय तथा कारोबारसँग सम्बन्धित चार संस्थाहरु नेपाल स्टक ब्रोकर्स एशोसिएसन, नेपाल पुँजीबजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता संघ र नेपाल इन्भेष्टर्स फोरमले राजधानीमा पत्रकार सम्मेलन पछि जारी गरेको विज्ञप्तीमा वित्तीय सेवामा भ्याट तिर्न ताकेता गरी बजारमा नकारात्मक असर पार्ने प्रयास गरेको भन्दै यसमा आफूहरुको विरोध असहमति रहेको जनाएका छन् । 

भ्याट सम्बन्धी कानूनले वित्तीय क्षेत्रका व्यवसायी र दलालहरुले कर तिर्न नपर्ने भनेपनि सरकारले आफूहरुसँग कर तिराउन ताकेता गरेको आरोप लगाएको छ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष बुझाएको प्रतिवेदनमा ब्रोकरहरुसँगभ्याट उठाउनु पर्ने सुझाव दिएपछि आन्तरिक राजश्व विभागले ब्रोकरहरुसँग भ्याट उठाउने तयारी गरेको थियो ।

सोही अनुरुप मंगलबार विभिन्न धितोपत्र दलालहरुलाई करदाता सेवा कार्यालयले भ्याट तथा जरिवाना समेत बुझाउन पत्र काटेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ