arrow

महासंघले सुरु गर्‍यो पत्रकार धामी बचाउ अभियान

logo
अमर धामी,
प्रकाशित २०७४ मंसिर २७ बुधबार
dhami1.jpg

अछाम । नेपाल पत्रकार महासंघ जिल्लाशाखा अछामले यहि मंसिर २३ गतेका दिन मोटरसाईकल दुर्घटनामा परि घाईते भएका महासंघका जिल्ला सहसचिव तपेन्द्र धामीको उपचारका लागि पत्रकार तपेन्द्र धामी बचाउ अभियान सञ्चालन गरेको छ ।

पत्रकार महासंघको आकस्मिक  बैठकले मोटरसाईकल दुर्घटनामा परेर सख्त घाईते भएका पत्रकार धामीको उपचारका लागि सहयोग संकल नगर्ने, आर्थिक सहयोगका लागि बिभिन्न निकाय र पत्रकार महासंघ केन्द्रमा अनुरोध गर्ने निर्णय समेत गरेको छ । दुर्घटनामा हात र खुट्टा भाचिएको र अन्य बिभिन्न भागमा गम्भिर चोट लागेका पत्रकार धामीको वेईस्टन हस्पिटल नेपालगञ्जमा उपचार भईरहेको छ ।

रेडियो पञ्चदेवलमा स्टेसन म्यानेजरको पदमा कार्यरत पत्रकार धामी आफ्नो घरबाट रेडियोको कार्यालयमा आउने क्रममा दुर्घटनामा परेका थिए । महासंघका कार्यबाहक अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको उपलब्ध पदाधिकारीको आकस्मिक बैठकले दुर्घटनाबाट गम्भिर घाईते भई उपचाररत पत्रकार धामीको जीवन रक्षाकालागिआर्थिक सहयोग गरिदिन पनि सबै सरोकार वालालाई अपिल समेत गरेको छ । बैठकले पत्रकार धामी बचाउ अभियानका लागि महासंघ अछाम शाखाका सचिव होम साउदको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ । समितिको सदस्यमा सह सचिव मेनुका ढुंगाना र सदस्य धनराज साउद रहेका छन् ।

यसैविच  बैठककै अवसरमापत्रकार धामीको उपचारका लागि प्रारम्भमा महासंघका उपलब्ध पदाधिकारीहरुले ४ हजार नगद संकलन गरेका छन् । पत्रकार धामीको  उपचारका लागि सहयोग गर्न चाहने ब्याक्ति तथा संघ संस्थालाई सम्पर्क नम्वर ९८४८५५२०३०/९८६८४३७३१०/९८५८४२७१२३ मा सम्पर्क गर्न पनि महासंघ जिल्ला शाखालु अपिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ