arrow

सेनाको ध्यानाकर्षण : झलकुमार सैनिक निगरानीमा छन्

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
nepali-sena.png

काठमाडौं । नेपाली सेनाले आफूहरु विरुद्ध विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार एक विज्ञप्ती जारी गर्दै निर्वाचन विरोधी गतिबिधी गरेको आशंकामा मोरङ्ग प्रशासनबाट नियन्त्रणमा लिईएका एक व्यक्ति बेपत्ता भएको भन्दै विराटनगरस्थित स्थानीय पत्रिकामा प्रकाशित समाचार प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको हो । 

सेनाले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका आशंकामा नेपाल प्रहरीबाट प्रकाउ परेका झल कुमार भगतलाई प्रहरीबाट अनुसन्धानको क्रममा सोधपुछ हुँदा निज व्यक्ति मिति २०६२ मंसिर ४ गते सैनिक सेवाबाट भगौडा भएका सिपाही झल कुमार भगत भएको भन्ने खुल्न आएकोले सैनिक ऐन २०६३ बमोजिम कारवाहीको लागि निजलाई प्रहरीबाट बुझि लिई अनुसन्धानको लागि सैनिक निगरानीमा राखिएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ