arrow

संसद् ग्यालरीमा ६८ सांसद नयाँ, को हुन् ती भाग्यमानी ?

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
samsad-bhawan.jpeg

काठमाडौँ । राजनीतिमा पुस्तान्तरण नभएको आरोप लागिरहँदा केन्द्रीय संसद्मा प्रतिनिधित्व गर्ने झन्डै आधा सांसद नयाँ चुनिएका छन् ।  

प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ मध्ये ६८ सांसद नयाँ चुनिएका हुन् ।  

समानुपातिकतर्फ पनि योपटक काँग्रेस एमालेले पुरानालाई लगभग नदोहोर्याइ सूची बुझाएकाले संसद्मा नयाँ सांसदको बाहुल्य हुने करिब निश्चित छ ।  तर, समानुपातिकको सङ्ख्या भने यकिन भइसकेको छैन ।  

संसद्मा ‘डेब्यु’ गर्न लागेका केही अनुहार भने यसअघि निर्वाचनमा पराजित भएकासमेत छन् ।  निर्वाचित केही जनप्रतिनिधि भने पहिलो प्रयासमै केन्द्रीय संसद्को स्थान पक्का गर्नेहरू छन् ।    

ताप्लेजुङबाट निर्वाचित एमाले सचिवसमेत रहेका योगेश भट्टराई पहिलोपटक केन्द्रीय संसद् प्रवेश गर्दै छन् ।  

भट्टराईले तेस्रो प्रयासमा केन्द्रीय संसद्को यात्रा निश्चित गरेका हुन् । मन्त्री भइसकेका एमालेको भ्रातृ सङ्गठन युथ फोर्सका पूर्वअध्यक्ष महेश बस्नेत पनि पहिलोपटक संसद्मा ‘डेब्यु’ गर्दै छन् । प्रहरी सङ्गठनबाट फेरिएको दैनिकी लिएर पूर्वडीआईजी नवराज सिलवाल पनि केन्द्रीय संसद् सदस्य बनेका छन् । 
  
राष्ट्रिय राजनीतिमा परिचित अनुहार नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल पनि पहिलोपटक केन्द्रीय संसद्को ग्यालरी बैठकको अनुभव लिँदै छन् । 

पेसाले इन्जिनियर र निर्माण व्यवसायी रहेका मोहन आचार्यले रसुवाबाट आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेका छन् । 

काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका राप्रपाका राजेन्द्र लिङ्देनको संसद्को यात्रा पहिलो नै हो ।  

झापा ३ बाटै निर्वाचित एमाले नेत्री पवित्रा निरौलाका लागि पनि केन्द्रीय संसद् नयाँ अनुभव हो ।
  
माओवादी केन्द्रबाट भोजपुरबाट विजयी सुदन किराँती पनि पहिलोपटक संसद्मा प्रवेश गर्दै छन् । 

काठमाडौँ ३ का कृष्णबहादुर राई, मनाङका पोल्देन छोपाङ गुरुङ र नुवाकोटका हितबहादुर तामाङको संसद् यात्रा पनि पहिलो अनुभव नै हुनेछ ।  

खेल क्षेत्रमा परिचित नाम जीवनराम श्रेष्ठले पनि पहिलोपटक केन्द्रीय संसद्मा आफ्नो स्थान पक्का गरेका छन् । 

विद्यार्थी नेत्रीबाट राजनीतिमा होमिएकी बीना मगरले पनि कञ्चनपुर १ बाट केन्द्रीय संसद्को यात्रा सुरक्षित गरेकी छिन् । यसअघि उनी थोरै मतान्तरले पराजित भएकी थिइन् । 
   
मोरङका घनश्याम खतिवडा, काभ्रेका गोकुल बास्कोटा, कञ्चनपुरका नरबहादुर धामीका लागि पनि संसद् यात्रा नयाँ हो ।  

बाजुराका गोपालबहादुर बम, बाजुराका लालबहादुर थापा, सुर्खेतका नवराज रावत पनि पहिलोपटक केन्द्रीय संसद् सदस्यमा निर्वाचित भएका हुन् ।  

यस्तै खुर्खेतकै ध्रुवकुमार शाहीले पनि पहिलोपटक केन्द्रीय संसद्मा स्थान बनाएका छन् । 
  
बाँकेबाट महेश्वरजङ्ग गहतराज, दाङबाट हीराचन्द्र केसी, झापाबाट एलपी साँवा लिम्बू पनि पहिलोपटक सङ्घीय संसद्को सदस्य बनेका छन् । 

सुनसरीका जयकुमार राई, सिरहाका लीलानाथ श्रेष्ठ, धनकुटाका राजेन्द्रकुमार राई पनि पहिलोपटक संसद्मा प्रवेश गर्दै छन् । 

राजेन्द्र यसअघि २०७० मा राप्रपाका सुनीलबहादुर थापासँग पराजित भएका थिए ।  अहिले थापालाई नै पराजित गरी राजेन्द्रले संसद्मा स्थान पक्का गरेका हुन् । 

नुवाकोटमा काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीलाई पराजित गरी नारायणप्रसाद खतिवडा पनि पहिलोपटक केन्द्रीय संसद् सदस्य बनेका छन् । 
  
पूर्वजनमुक्ति सेनाका कमान्डर चन्द्रपाणि खनाल ‘बलदेव’ले पनि पहिलोपटक संसद् यात्रा तय गरेका छन् । 

रूपन्देहीबाट प्रमोदकुमार यादव, नवलपरासी पूर्वबाट तिलबहादुर महत क्षेत्री, उदयपुरबाट सुरेशकुमार राई, दैलेखबाट रवीन्द्रराज शर्मा, अछामबाट यज्ञ बोगटी, बझाङबाट भैरव सिंह, काभ्रेबाट गङ्गाबहादुर तामाङले पनि केन्द्रीय संसद्को यात्रा निश्चित गरेका छन् । 

डा सूर्यप्रसाद पाठक, जगतबहादुर विश्वकर्मा, भूपेन्द्रबहादुर थापा, कृष्णप्रसाद श्रेष्ठ, केदार सिग्देलले पनि पहिलोपटक केन्द्रीय संसद्को यात्रा तय गरेका छन् । 

श्रेष्ठले तनहुँमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरे ।  दाङबाट मेटमणि चौधरी, सप्तरीबाट डा। सूर्यनारायण यादव, जुम्लाबाट गजेन्द्रबहादुर महत पनि पहिलोपटक संसद् सदस्यमा निर्वाचित भएका हुन् । 
  
यस्तै पर्वतका पदम गिरी, मुस्ताङका प्रेमप्रसाद तुलाचन, गोरखाका हरिराज अधिकारी, धादिङका भूमि त्रिपाठी, खेम लोहनीले पनि पहिलोपटक संसद्मा स्थान पक्का गरेका छन् । 
  
पर्साबाट विमल श्रीवास्तव, सोलुखुम्बुबाट हेमकुमार राई, कञ्चनपुरबाट डा। दीपकप्रकाश भट्ट, कैलालीबाट रेशमलाल चौधरी, सङ्खुवासभाबाट राजेन्द्र गौतम, कालीकोटबाट दुर्गाबहादुर रावत, रौतहटबाट देवप्रसाद तिमिल्सेना, धनुषाबाट उमाशङ्कर अरगरिया, महोत्तरीबाट सुरेन्द्रकुमार यादवले पनि संसद्मा पहिलोपटक स्थान सुनिश्चित गरेका छन् । 
  
बाराका रामबाबुकुमार यादव, पर्साका हरिनारायण रौनियार, पर्साबाटै प्रदीप यादव, बाराबाट एकवाल मियाँले पनि केन्द्रीय संसद् यात्रा निश्चित गरेका छन् । 

सर्लाहीबाट प्रमोद साहले पनि पहिलोपटक संसद्को यात्रा निश्चित गरेका छन् । 

सिरहाबाट लीलानाथ श्रेष्ठ, बाराका रामसहायप्रसाद यादवले पनि संसद्मा आफ्नो सिट सुरक्षित गरेका छन् । 

कैलालीबाट झपट रावल, स्याङ्जाबाट नारायण मरासिनी र ललितपुरबाट कृष्णलाल महर्जनले पनि पहिलोपटक संसद्को यात्रा निश्चित गरेका छन् । (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ