arrow

आगोले निल्यो एक महिलालाई

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
fire.jpeg

इलाम । इलाम नगरपालिका–४ बिब्ल्याँटेस्थित एक घरमा गएराति आगलागीमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । 

बिब्ल्याँटेका भवीन्द्र नेपालको घरमा राति २ बजे आगलागी हुँदा उनकी श्रीमती ३० वर्षीया पवित्रा नेपाल जलेर घाइते भएकी थिइन् ।

इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

रातको समयमा घरमा बालिएको टुकीबत्ती लडेर आगलागी भएको र आगो सल्केपछि भाग्नेक्रममा महिला घाइते भएको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । मृतक महिलाको शव घरमा ल्याएर राखिएको छ । 

आगलागीबाट नेपालको घर र त्यसभित्र रहेका भाडावर्तन, लत्ताकपडा, खाद्यान्नलगायतका सरसमान नष्ट हुँदा रु तीन लाखभन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

घरमा लागेको आगो स्थानीय र प्रहरीको प्रयासमा एक घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ