arrow

प्रदेश राजधानीको विषयमा सुदूरपश्चिममा नयाँ आन्दोलनको सुरुवात

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
FW_news_-_Copy.jpg

काठमाडौं । प्रदेशको सिमांकनको समयमा अखण्ड सूदूर पश्चिमको माग राखेर आन्दोलनमा उत्रिएका सुदूरपश्चिमबासीहरु फेरि आन्दोलनमा उत्रिएका छन् । प्रदेशको राजधानी तोक्ने विषयमा त्यहाँका गैर राजनीतिक संगठनहरुले ७ नं प्रदेशको राजधानी पहाडमा नै हुनुपर्ने भन्दै आन्दोलन सुरु गरेका हुन् । 

यसको नेतृत्व नेपाल उद्योग वाणिज्य संघको नेतृत्वमा सुरु भएको सो आन्दोलनको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश साउदले गरेका छन् । अखयड सुदूर पश्चिमकको माग राख्दा पनि त्यतिबेला पहाडमा नै राजधानी राख्नेगरी भएको भन्दै उनीहरुले अहिले पनि पहाडमा नै राजधानी बनाउनुपर्ने माग गरेका छन् । 

उनीहरुले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापन पत्र पनि बुझाएका छन् भने बुधबार डडेल्धुरामा एक घण्टा चक्काजाम समेत गरेका थिए । केन्द्रीय सदस्य साउदले यो विरोध सांकेतिक विरोध मात्रै भएको भन्दै अस्थाई प्रदेश राजधानी तोकिएपछि आफ्नो माग पूरा नभए आफूहरु कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । हाम्राकुरासँगको कुराकानीमा उनले यो स्वतन्त्र नागरिकको आन्दोलन रहेको र यसमा दलगत नेतृत्व नभएको स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ