arrow

संखुवासभाको चुनावी नतिजा काँग्रेसले स्वीकार नगर्ने !

केन्द्रीय कार्यालयकै ध्यानाकर्षण

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
nc-party-office.png

काठमाडौं । नेपाली काँग्रेसले संशुवा सभाको प्रतिनिधि सभा तर्फको मतगणनाको क्रममा धाँधली भएको भन्दै त्यस्तो नतिजा आफूले स्वीकार्य नगर्ने जनाएको छ । बिहीबार नेपाली काँग्रेसको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तीमा मतगणनाका क्रममा नियोजित रुपमा मत परिणामलाई नै प्रभावित गर्ने किसिमका क्रियाकलापहरुका प्रति सम्बन्धित जिल्लाका नेपाली कांग्रेसका प्रतिनिधिहरुले पटक–पटक जानकारी गराउँदा गराउँदै पनि एकपक्षीय रुपमा सदर मतलाई बदर गराउने, एउटा चिन्हमा लगाएको मत संकेतलाई अर्को चिन्हमा गणना गर्ने जस्ता क्रियाकलाप भएको आरोप लगाएको छ । 

नेपाली कांग्रेसका प्रतिनिधिहरुले निर्वाचन कार्यालय संखुवासभामा यस बारेमा जानकारी गराएर पुनः मतगणना हुनु पर्छ भन्ने अडान राख्दै २०७४ मंसिर २४ गते निवेदन पेश गर्दा पनि सुनुवाई नगरी मतगणना गर्न बाँकी रहेका १९००० मत एकलौटी ढंगले गणना गरी धाँधलीपूर्ण रुपमा २९०० मत वदर भएको भनी निर्वाचनको परिणामलाई नै प्रभावित पार्ने कार्य गरी परिणाम घोषणा गरिएको प्रति काँग्रेसले सहमति जनाउन नसक्ने बताएको हो । 

काँग्रेसले मिलेमतो र साठगाँठमा धाँधलीपूर्ण ढंगले गरिएको मत गणना र एकतर्फी रुपमा गरिएको परिणाम घोषणा नियोजित उद्देश्यले गरिएको वदनियतपूर्ण कार्य हो भन्ने ठहर गर्दै यो कार्यले लोकतन्त्र र विधिको शासनको उपहास भएकोले धाँधलीपूर्ण गणनाप्रति नेपाली कांग्रेस असहमति प्रकट गर्दै निष्पक्ष ढंगले पुनः मतगणनाको माग गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ