arrow

दुर्लभ पशुपन्छीको संरक्षणमा जुटे झापाका स्थानीय

logo
सागर गौतम,
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
jhapa.JPG

झापा । वनजन्तुको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित झापाको अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वन पोखरी निर्माण कार्यमा यतिबेला जुटेको छ । दुर्लभ पशुपन्छीको संरक्षण तथा पर्यटनको आकर्षक गन्तव्य सहितको उद्देश्य राखेर पर्यटकीय गन्तव्यको रुपमा पोखरी निर्माणको काम अगाडि बढाइएको स्थानीय हलुवागढ सामुदायिक वनका अध्यक्ष चक्र बहादुर तामाङ्गले बताए ।

आफनो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा परिचित गराउन यतिबेला सामुदायिक वनका पदाधिकारी  मात्र होइन स्थानीयबासी समेत जुटिरहेका छन् । तामाङ्गका  अनुसार करिब ६ हेक्टरमा  फैलिएको पोखरीको क्षेत्र सहित वनभोज मैदान,बाल उद्यान,भ्युटावर,मनोरञ्जन स्थल, वन्यजन्तुको सरक्षण र  विभिन्न बहुउपयोगी प्रजातिको विरुवाको संरक्षण निर्माण गर्ने लक्ष्य रहेको सामुदायिक वनका अध्यक्ष चक्र बहादुर तामाङ्ग बताउँछन् ।

सामुदायिक वनको अध्यक्ष भएपछि करिब ४ वर्षदेखि यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने परिकल्पना थियो तामाङ्ग बताउँछन् । उनी भन्छन् वन,वातावरण र भू–संरक्षणको कार्र्यालयले स्विकृत गरेपछि थप उर्जा आयो ।

सामुदायिक वनको कार्यालयबाट ३ किलोमिटर नजिककै रहेको  जङ्गलको खाली जमिनलाई सामुदायिक वनले भरपूर सदुउपयोग गदै पोखरी निर्माण गरिरहेको छ ।  

सो पोखरी निर्माण कार्यका लागि ९१ लाख रुपैंया लाग्ने लक्ष्य रहेको अध्यक्ष तामाङ्ग बताउँछन् ।  पर्यटन क्षेत्र विस्तार गर्ने जिल्ला भू–संरक्षण कार्यालय झापाले समेत सहयोग गर्ने समझदारी भएको  तामाङ्ग बताउँछन् । सो रकमले पोखरीको आवट लेट र तल्लो भागमा इनलेट सहित चेक ड्याम निर्माण गर्ने योजना रहेको  बताइएको छ । तामाङ्गले थप भने “ यस क्षेत्रको पयर्टनको प्रचुर संम्भावनालाई ध्यान दिदै पोखरी निर्माणको कार्य अगाडि बढाएका हौं ”

 यता अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले हलुवागढ सामुदायिक वनमा रहेको सो क्षेत्रलाई वैकल्पिक पर्यटकीयको रूपमा विकास गर्दै नगरका अन्य पर्यटकीय स्थलको संरक्षण,सवद्र्धन र विस्तार गरी नागरिकलाई रोजगार सिर्जना गर्ने योजना रहेको बताउँछन् ।


करिब ६ सय घरधूरी उपभोक्ता रहेको सो सामुदायिक वनमा  त्यहाँका स्थानीयवासी पर्यटकीय क्षेत्र निर्माण भएपछि हर्षित भएका छन् । यस पर्यटकीय स्थलबाट ६ सय घरधूरी उपभोक्ता प्रत्यक्ष लाभान्वित हुनेछन् भने केही व्यक्तिले रोजगारी समेत पाँउनेछन् । सो पर्यटन क्षेत्र पूर्वको प्रमुख सहर बिर्तामोडबाट उत्तरी भाग १४ किलोमिटर दूरीमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ