arrow

रसुवाका काँग्रेस सांसद आचार्य घरदैलोमा व्यस्त

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
mohan-acharya1.jpg

रसुवा । प्रायः चुनाव जितेपछि अर्को चुनाव नजितुन्जेल मतदाताको आँगन नटेक्ने परम्परा तोड्दै अहिले भने विजेता सांसदहरु घरदैलोमा पुग्ने गरेका छन् । 

सोही श्रृंखलालाई रसुवा जिल्लाका प्रतिनिधिसभाका नेपाली काँग्रेसका सांसद इन्जिनियर मोहन आचार्य पनि गाउँगाउँ पुगेका छन् । 

मतदाताहरुको घरदैलोमा धन्यवाद ज्ञापन गर्दै जाने क्रममा आचार्य र उनको टोली लाङटाङ ,हाकु, नेसिङ ,गत्लाङ, गोल्जुङ, चिलिमे, थाम्बुचेत, टिमुरे, स्याफ्रु, डाँडागाउँ, ठुलोगाउँ, खड्कु, सिम्ले पैरेगाउँ, खाल्डे, पैरेबेशी ,मनिगाउँ, कर्मिडााडाँ, ढुङ्गे, बेतिनि,
धारापानी, बेलचौर, धुसेनि, भदौरे,रुसेपानि, जिबजिबे, कालिकास्थान ,बेत्रावति, कैदलटार र अन्य गाउँहरुमा पुगिसकेको छ । 

शुक्रबार र शनिबार नौकुन्ड र गोसाइँकुण्ड गाउँपालिकाका बाँकि रहेका गाउँ घरमा पुग्ने कार्यक्रम रहेको उनले जनाएका छन् । 

यी कार्यक्रमहरुमा जाने क्रममा मतदाताहरुले दर्शाएको साथ समर्थन ,आशा र भरोसाले थप जिम्मेवार बनाएको उनले उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ