arrow

दशैलाई स्वागत गर्दै हात्ती महोत्सव

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
362410938.jpeg
यादव आचार्य, बर्दिया। विजया दशमीका अवसर पारेर बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरद्वारामा आयोजना गरिएको दुई दिने हात्ती महोत्सव सम्पन्न भएको छ । नेपाली सँस्कृतिलाई पर्यापर्यटन मार्फत संरक्षण गर्दै स्थानियको जिविकोपार्जनमा टेवा पुर्याउन हात्तीसार मैदानमा महोत्सवको आयोजना गरिएको हो । निकुञ्ज विभागका सहायक संरक्षण अधिकृत रमेश थापाले समीको वृक्षारोपण गरी महोत्सव उद्घाटन गरेका थिए ।
 
महोत्सवका अवसरमा हात्ती फूटवल प्रतियोगिता, संरक्षणकर्मी विच मैत्रीपूर्ण फुटवल, कर्णाली नदीमा महिला, पुरुष पौडी प्रतियोगिता, थारु साँस्कृतिक झाँकी भेषभुषा प्रर्दशनका साथै थारु परिकार सहित महोत्सव सम्पन्न भएको छ । 
 
स्वदेशी, विदेशी र स्थानिय गरी करिव १५ हजार भन्दा वढी पर्यटकले महोत्सव अवलोकन गरेको आयोजक चोरी शिकार युवा परिचालन अभियानका संयोजक हेमन्त आचार्यले वताए । तीन वर्ष अघि सो क्षेत्रमा हात्तीबाट सुँगुर कुल्चाउने प्रचलन रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ