arrow

कुपोषित बालबालिकाको स्वास्थ्यकर्मीको निगरानीमा उपचार

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
कुपाेसन.jpg.jpeg
जाजरकोट। एक हजार ८०० भन्दा बढी कुपोषित बालबालिकाको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा एक हजार ८७६ जना कुपोषित बालबालिकाको उपचार कार्य सम्पन्न गरिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमका सुशील शाहीले जानकारी दिए ।
 
 जनचेतना वृद्धिसँगै स्वास्थ्य संस्थामा कुपोषित भएका बालबालिकालाई उपचारका लागि बढी ल्याउने गरिएको छ । सन् २००९ देखि २०१५ सम्म यो सङ्ख्यामा कुपोषित बालबालिकाको उपचार भएको छ । जाजरकोटमा १५ वटा स्थानमा उपचारात्मक खाना र औषधि प्रयोग गरी कुपोषित बालबालिकाको उपचार गरिने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ