arrow

तीन महिनादेखि छोरो हराएकी आमाको याचना

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
25393974_1487213398030632_1085070780_n.jpg

हेटौंडा । तीन महिना अघि मामाघर जान भनि हेटौंडाबाट परिवारलाई समेत जानकारी नगराई काठमाडौं हिँडेका एक बालक बेपत्ता भएका छन् । हेटौंडा–२ बनस्खण्डी निवासी  सुस्त–मनस्थितिका डेभिड रिजाल गत तीन महिनादेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ । 

उनको परिवारले डेभिडलाई भेट्ने जो कोहीले आफूहरुलाई सम्पर्क गर्नको लागि आग्रह गरेका छन् । गत भदौ ३० गते काठमाडौंको किर्तिपुरमा रहेको मामाघर जाने क्रममा बाटैबाट हराएको उनकी आमा अन्जु रिजालले बताईन । 

हेटौंडाबाट हामीलाई नसोधी मामाघर गएछ, मामाघरमा पनि कसैलाई नसोधी सम्पर्कबिहीन भयो, अहिलेसम्म कुनै अत्तोपत्तो छैन । आमा अञ्जुले भनिन् ‘प्रहरीलाई पनि फोटोसहित निवेदन दिएका छौं तर, कतै फेला पार्न सकेका छैन उनले भनिन् ।’ फोटोसहित फेसबुकमा हराएकोबारे जानकारी गराउँदा दुई महिनाअघि भैरहवाको गोरुसिङ्गेमा कसैले देखेको भन्ने खबर आए पनि त्यहाँ पुग्दा पनि त्यहाँ समेत डेभिड नभेटिएको अन्जुले बताइन् । 

अन्जुले नवलपरासी, हेटौंडा तथा काठमाडौंको प्रहरीलाई छोरो खोजिदिन फोटोसहित निवेदन दिएको भए पनि अहिलेसम्म फेला नपरेको बताइन् । बालकलाई देख्नुहुनेले ९८६०६८८३४० र ९८६९१२२६५३ मा सम्पर्क गरिदिन वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन अञ्जुले आग्रह गरेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ