arrow

मुख्यमन्त्रीको होडमा एमाले भित्र धुव्रीकरण, शाक्य, चौलागाई र पाण्डे प्रमुख दावेदार

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार

काठमाडौं । वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।

प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ ।

मुख्यमन्त्रीको आकांक्षीमा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्यूरो सदस्यद्वय पशुपति चौलागार्इं,  राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठदेखि काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिएका छन् ।

एमाले उपाध्यक्ष शाक्यले पार्टीको प्रदेश प्रमुख भएको नाताले मुख्यमन्त्री आफू नै हुने दाबी गर्दै आएकी छन् । शाक्य झलनाथ खनाल नजिक भएको कारण मुख्यमन्त्री बन्नेमा धेरैले शंका गरेका छन् । पछिल्लो समय खनाल पर्टी भित्र कमजोर भूमिकामा रहेका छन् ।  

पाण्डे र चौलागाई मध्ये एकलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्नेमा केन्द्रीय तहका नेताहरुबीच तिव्र छलफल सुरु भएको बताइएको छ । पाण्डे पनि आफुलाई मुख्यमन्त्री  बनाउनु पर्ने भन्दै शिर्ष नेताहरुको घरघर चाहार्न थालेको बताइएको छ ।

लामो समयदेखी पार्टीमा संघर्ष गरेको, विकासको लागि स्पष्ट भिजन भएको र पार्टी भित्र अन्य नेताहरुको तुलनामा आफूले कम अवसर पाएको कारण समेत पार्टीले मुख्यमन्त्री बनाउने कुरामा ढुक्क रहेको पोलिटब्यूरो सदस्य चौलागाईले हाम्राकुरालई वताए ।       

प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा गठन हुने संवैधानिक व्यवस्था रहेको छ । पोलिटब्यूरो सदस्य श्रेष्ठ आफू ३ नं प्रदेशको बारेमा जानकार रहेकोले आफू नै मुख्यमन्त्री बन्ने बताए । उनले प्रदेशलाई नमूना बनाउनका लागि आफू नै योग्य भएको दाबी गरे ।

‘‘प्रदेश बनाउनका लागि सजिलो र चुनौती दुवै रहेको छ’’ उनले भने–‘‘तर म ती सबैलाई मिलाउँदै प्रदेशलाई नमूना बनाउन सक्दछु ।’’

प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटौंडा तोकिएको छ । काठमाडौँ महानगरका पूर्व प्रमुख स्थापितले आफूले काठमाडौँको विकास गरेको आधारमा मुख्यमन्त्रीको दाबी गरेको बताए ।'  प्रदेश नं ३ मा एमालेले ४२, माओवादी केन्द्रले १५, काँग्रेसले सात तथा नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति नेपालले एक-एक सिट जितेका छन् ।

प्रदेश नं ३ मा काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, रसुवा र नुवाकोटल जिल्ला रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ