arrow

राष्ट्रपति-ओली भेट : कुनैपनि हालतमा अध्यादेश पारित नगर्न दबाब

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
KP-Bidhya.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको विषयमा राष्ट्रपतिले चालेको कदमबाट पछि नहट्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई दबाब दिएर फर्किएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँगको भेटपछि राष्ट्रपति निवास शितल निवास पुगेका ओलीले काँग्रेसको अडानलाई फेल खुवाउनकै लागि भएपनि यो अडानमा राष्ट्रपति पछि हट्न नहुनेमा दबाब दिएका हुन् । 

राष्ट्रपतिसँगको भेटका क्रममा राष्ट्रिय सभामा काँग्रेसले अडान लिएको एकल संक्रमणीय व्यवस्था संविधान विपरित रहेको निष्कर्ष नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुनाएका छन् । पार्टी निकट कानून व्यवसायीहरुसँगको छलफल पछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका ओलीले काँग्रेसले लिएको यो अडानलाई गैर संवैधानिक भनेको एमाले राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । 

यस अघि पनि बाम गठबन्धनको यही अडानको पक्षपोषण हुनेगरी अध्यादेश रोकेर राखेकी राष्ट्रपति भण्डारीलाई एमाले र माओवादीको छलफल पछि अध्यादेश कुनैपनि हालतमा पास नगर्न दबाब दिईएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ