arrow

चेम्वरको टोलीले दियो प्रचण्डलाई बधाई

logo
प्रकाशित २०७४ पुष १ शनिबार
prachanda_(2).JPG

काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी बधाई दिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा बाम गठबन्धनको बहुमतसँगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर मुलुकमा आर्थिक समृद्धि हुने विश्वासका साथ चेम्वरका पदाधिकारी एवं कार्यसमितिको टोलीले उनलाई बधाई दिएको चेम्बरका महासचिव कमलेश कुमार अग्रवालले जनकारी दिए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सुझाब दिन निजी क्षेत्रसँग आग्रह गरे।

चेम्वर अफ कमर्सका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि कानुनमा भएका त्रुटीलाई सुधार गरी लागनी मैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकतामाथि जोड दिदैं आर्थिक विकासका लागि भ्रष्टाचारमुक्त समाजको निर्माण गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ