arrow

समानुपातिक मतगणना : ५८ हजार मतले एमाले अगाडि

logo
प्रकाशित २०७४ पुष १ शनिबार
cpnuml.jpeg

काठमाडौँ। मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५८ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै छ।

निर्वाचन आयोग, सूचना प्रणाली व्यवस्थापन शाखाबाट दिउसो २: ३० बजे प्राप्त जानकारीअनुसार एमालेले ३१ लाख 44 हजार ६२५, नेपाली काँग्रेसले ३० लाख ८६ हजार ३७४, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ८१ हजार ५७१ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ६१ हजार ४७० मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ६० हजार १४७, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ९६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९४ हजार ३५८ मत प्राप्त गरेको आयोगले जनाएको छ। आयोगका अनुसार हाल सुन्सरी र सर्लाहीको मतगणना जारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ