arrow

रहेनन् साहित्यकार एंव सञ्चारकर्मी पहारी

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ पुष १ शनिबार
krishna_p_ko_photo.jpg

पाल्पा । पाल्पा जिल्लाको साहित्यक क्षेत्रको एक खम्बाको  रुपमा चिनिने कृष्ण पहारीको निधन भएको छ । पोखराथोक साहित्य सँगमका अध्यक्ष समेत रहेका पहारीको शुक्रवार राती ६१ वर्षको उमेरमा ब्रेन ट्युमरका  कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 उनको निधन प्रति जिल्लाको सिङ्गो साहित्य क्षेत्र नै शोक मग्न भएको छ ।  बगनाशकाली २ पोखराथोक पाल्पा निवासी पहारी सामुदायीक रेडियो मदनपोखराका रेडियो प्रतिनिधि समेत हुन् । अत्यन्तै मिलनसार , सवैका प्रिय पहारीले जिल्लाको साहित्य, सञ्चार र स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका छन् ।

उनले साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दे जिल्लाका साहित्यकारहरुले सामाजिक सञ्जालहरुका वालहरुमा जिल्लाको समग्र  साहित्यक क्षेत्रमा ठुलो क्षति पुगेको भन्दै शद्धान्जलीका शब्दहरु प्रकट गरेका छन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ