arrow

अब तत्काल पार्टी एकता हुन्छ : प्रचण्ड

logo
प्रकाशित २०७४ पुष १ शनिबार
dahal_new.JPG

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनअघि विभिन्न कारणले पार्टी एकीकरण हुन नसकेपनि अब तत्काल नेकपा एमाले र माओवादीबीच पार्टी एकीकरण हुने बताएका छन् ।

एमाले महासचिव समेत रहेका काठमाडौं ५ बाट निर्वाचित ईश्वर पोखरेलले आयोजना गरेको चियापानमा दाहालले निर्वाचनमा वाम गठबन्धनले हासिल गरेको जित एमाले र माओवादी केन्द्रको मिलनबाट सम्भव भएको नविर्सन सबैलाई अनुरोध गरे ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता र सरकार गठनलाई साथसाथै अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा सहभागि भएका काठमाडौं क्षेत्र नम्बर–५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं एमाले महासचिव ईश्वर पोखरेल, प्रदेशसभा सदस्यद्वय नारायण सिलवाल र दीपक निरौलालाई शुभकामना र बधाई दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ