arrow

पोखराका व्यवसायीहरु आक्रोसित, सुरक्षाको नाममा पर्यटन ध्वस्त बनाउन लागेको आरोप

logo
प्रकाशित २०७४ पुष २ आइतबार
himagriha-pokhara.jpg

काठमाडौं । पोखराका पर्यटन व्यवसायीहरुले लेकसाइडमा रहेको हिमागृहलाई कुनै पनि हालतमा मुख्यमन्त्रीको आवास बनाउन नदिने बताएका छन् । पोखरामा भएको एक अन्तरक्रिायमा बोल्ने पर्यटन व्यवसायीसँगै स्थानीय जनप्रतिनिधिहरुले सो कुरा बताएका हुन ।

क्षेत्रीय प्रशासक र कास्कीका प्रमुख जिल्ला अधिकरी सहितको टोलीले मुख्यमन्त्रीको अस्थायी आवासको लागि हिमागृह पनि हुन सक्ने सिफारिस गरे पछि स्थानीय जनप्रतिनिधि र पर्यटन व्यवसायी आक्रोशित बनेका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई पोखरा लेखनाथ महानगरपालिका वडा नं ६का वडा अध्यक्ष जगत बहादुर पहारीको नेतृत्वमा गएको टोलीले ध्यानआर्कषण पत्र बुझाएको छ। नागरिक समाज पोखराका संयोजक राम बहादुरा पौडेलले ३ वटा विकल्प पनि प्रस्तुत गरे । पोखरामा अन्यथुप्रै ठाँउ विकल्पको रुपमा हुँदा हुँदै पर्यटकीय क्षेत्रमा मुख्यमन्त्री आवास गृह बनाउन खोज्नु राम्रो कदम नभएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारीले तारानाथ अधिकारीले आफुले क्षेत्रीय प्रशासकलाई जानकारी गराउने बताए ।

उनले सुरक्षाको दृष्टिकोणले हिमा गृह अस्थायी आवासको लागि रोजिएको पनि बताए। पर्यटन व्यवसायी, स्थानीयको आवाज राज्यले सुन्नेभन्दै अधिकारीले विकल्पको रुपमा आफूहरुले अन्यठाउँ पनि हेरेको जानकारी दिए । पर्यटन बोर्डका पूर्व सदस्य बासुदेव त्रिपाठीले हिमागृह रत्नमन्दिरलाई पर्यटकीय गतिविधि सञ्चालन गराउनु पर्नेमा जोड दिए। पर्यटन बोर्डका पूर्व सदस्य अग्नी कँडेलले पर्यटनको मुटुमा मुख्यमन्त्रीको आवास बनाउँदा पोखराको पर्यटन ध्वस्त हुने बताए। अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले जैविक विविधता पार्कको रुपमा हिमागृह र रत्नमन्दिरलाई विकास गर्नुपर्ने बताए। 

पश्चिमाञ्चल होटल ब्यबासायी समितिका अध्यक्ष विकल तुलाचन, पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुली, टानका पुर्व अध्यक्ष रामचन्द्र शर्मा, रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुड भगबती पहारी ,पर्यटन ब्यबासायी नरेश भट्राई लगायतले कुनै पनि हालतमा हिमागृह लाई मुख्यमन्त्री आवास गृह बनाउन नदिने बताए। आफूहरुको माग सुनुवाई नभए आन्दोलन गर्न पनि पछि नहट्ने पर्यटन व्यवसायीले चेतावनी दिएका छ। शनिबार नै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी लाई पनि ध्यान आर्कषण पत्र बुझाएको टानका पुर्व अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ