arrow

प्रचण्डलाई छेउमा राखेर ओलीले सम्झिए आफूमाथिको अविश्वास प्रस्ताव 

logo
प्रकाशित २०७४ पुष २ आइतबार
kp-oli-new.jpg.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव पेश गरेपछि कामचलाउ बनेको सरकारलाई सम्झिएका छन् । आईतबार राजधानीको अन्नपूर्ण होटलमा आयोजना भएको बाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनको क्रममा ओलीले यस्तो बताएका हुन् । 

उनले त्यतिबेला आफूमाथि अविश्वासको प्रस्ताव गर्दा काँग्रेसले नै काम चलाउ सरकारले दूरगामी निर्णय गर्न नसक्ने भन्दै विरोध गरेको स्मरण गर्दै अहिले सरकारले चाहिँ कुन् आधारमा दूरगामी निर्णय गर्दै आएको भन्दै प्रतिप्रश्न गरे । उनले सरकारले अहिले गरेको व्यवहार संवैधानिक र व्यवहारिक रुपमा अस्पष्ट नभएको भएपनि काँग्रेसले यसमा झमेला सिर्जना गराएको आरोप लगाए 

उनले अहिले सरकारले जनताको जनादेश विरुद्ध व्यवहार गरेको भन्दै जनताले बाम गठबन्धनलाई मुलुक चलाउन अधिकार दिएकोले त्यसमा काँग्रेसले हस्तक्षेप गर्न नहुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ