arrow

जेरुसेलम घोषणाविरुद्ध इन्डोनेसिया सरकारको पनि समर्थन, ८० हजार नागरिक सडकमा

logo
प्रकाशित २०७४ पुष २ आइतबार
indonesia-protest.jpg

जकार्ता। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको निर्णयका विरुद्धमा इन्डोनेसियाको राजधानी जकार्तामा व्यापक प्रदर्शन भएको छ। उक्त निर्णयका विरुद्धमा अमेरिकाका विरुद्धमा विश्वका विभिन्न देशमा प्रदर्शन जारी रहेको बताइएको छ। यसैक्रममा आइतबार गरिएको अमेरिका विरुद्धको यो निर्णय व्यापक रहेको र यसमा दशौँहजार मुस्लिम नागरिकको सहभागिता रहेको जनाइएको छ।

यसअघि गत हप्तादेखि भएको सो घोषणाको विषयलाई लिएर विभिन्न देशले आन्दोलन शुरु गरेका थिए। सो आन्दोलन र विरोध प्रदर्शनको क्रम आइतबार पनि जारी रहेको बताइएको छ। प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास समूहद्वारा उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान पनि भएको थियो। यो विरोधको क्रम अझै रोकिएको छैन।

राष्ट्रपति ट्रम्पको निर्णयको विरोध चर्कंदै गर्दा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी राजदूतावास अगाडि पनि विरोध जुलुस निकालिएको थियो। गत हप्ताको सो प्रदर्शन अहिले पनि जारी नै रहेको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ। आइतबार पनि इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूतावासतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो। त्यस क्रममा उसले अश्रु ग्याँस र पानीको फोहरा पनि हानेको थियो।

तर जकार्ताबाट प्राप्त एक समाचारमा यहाँको प्रदर्शनमा कम्तीमा पनि ८० हजार नागरिकको सहभागिता रहेको छ। उनीहरुलाई यहाँबाट हटाउन सक्ने अवस्था नरहेको जकार्ता प्रहरीको भनाई छ। आइतबारको यस प्रदर्शनमा यहाँका सरकारी मुस्लिम संगठनहरुको पनि समर्थन र सहभागिता रहेको छ। ती संगठनहरुलाई इन्डोनेसियाको सरकारले पनि समर्थन गरेको जनाइएको छ।

उता हालैका दिनहरुमा अमेरिकासँग राम्रो सम्बन्ध कायम रहेका संयुक्त अरब इमिरेट्स र साउदी अरेबियासमेत सम्मिलित अरब लिगले पनि राष्टपति ट्रम्पको यस निर्णयको आलोचना गरेका छन्।

राष्ट्रपति ट्रम्पको उक्त निर्णयको विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनुपर्नेमा उनीहरुले आह्वान गरेका थिए। उता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गर्दै उनले जेरुसलेमको इतिहासको सम्मान गरेको बताएका छन्। अरब र मुसलमान बहुल देशका विभिन्न सहरहरुमा गत हप्तादेखि नै प्रदर्शनहरु भएका छन्। लेबनानका अतिरिक्त इजिप्टको काइरो, मोरक्कोको रबातमा पनि आइतबार विरोध प्रदर्शन भएका समाचारहरु प्राप्त भएका थिए।

त्यसैगरी टर्कीका राष्ट्रपति तैयब रेसप एर्दोगानले जेरुसलेम इजरायललाई सुम्पिने पक्षमा आफू नभएको प्रतिक्रिया हालै दिएका छन्। उनले अमेरिकाले उक्त निर्णय फिर्ता लिँदा राम्रो हुने बताए। इस्लामिक समूहका नागरिकहरुले विभिन्न इस्लाम बाहुल मुलुकहरु र स्थानमा अमेरिकाको उक्त निर्णयको विरोध गरेका छन्। उनीहरुले प्यालेस्टाइनको पक्षमा लाग्न सबै इस्लामहरुलाई आग्रह पनि गरेका छन्। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ