arrow

महिला साफ च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ६–० ले पराजित, अबको भिडन्त भारतसँग

logo
प्रकाशित २०७४ पुष २ आइतबार
SAFF_CHAMPIANSHIP.jpg

काठमाडौँ । १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ ।

बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् ।

मोगिनीले खेलको १३औँ मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३२औँ मिनेटमा गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा मोगिनीले अर्को गोल गर्दै आफ्नो टिमलाई ४–० को अग्रता दिलाइन् ।

यस्तै, खातुनले खेलको ६९औँ र ७२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । अर्को खेलमा भारतले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्‍यो । नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ