arrow

सिंहदरबार भित्रबाटै सरकारी गाडीको चारै चक्का चोरी

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
singhadarwar.jpeg

काठमाडौं । राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारबाटै सरकारी गाडीको टायर चोरी हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मी बेखबर रहे ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय विकास तथा कृषि सडक विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनको बा २ झ २९२७ नम्बरको टोयोटा हाइलक्स गाडीको चारवटै चक्का चोरिएको हो ।

प्रहरीले टायर चोरीमा संलग्न मन्त्रालयकै वित्तीय सुधार आयोगको बा २ झ १२१७ नम्बरका सवारी चालक चन्द्रबहादुर मोक्तान र महोत्तरी बर्दिबास घर भइ काठमाडौं बस्ने जगतबहादुर मगरलाई पक्राउ गरेको छ ।

चक्का चोरिएको गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार पार्किङ गरेको गाडीका चक्का चोरिएको थाहा पाएपछि आइतबार प्रहरीमा खबर गरे ।

प्रहरीले चोरिएको टायर ललितपुरको युएलपार्क नजिकै बाराही टायर सर्भिस सेन्टरबाट बरामद गरेको छ ।

मोक्तान र मगरले टायर चोरेर त्यहाँ पुर्याएका थिए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ