arrow

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसः फेरिएनन् नेपाली कामदारका समस्या 

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
foreign-employment-from-Nepal.jpg

काठमाडौँ । सोमबार डिसेम्बर १८ तारिख । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । 

विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवासुविधा, न्यूनतम् मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस विश्वभर मनाइने गरेको छ ।

नेपालमा पनि सोमबार ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ ।

 हाल विश्वभर करिब २३ करोड २० लाख आप्रवासी कामदारका रुपमा रहेको र तीमध्ये एक चौथाइ मानिस एशिया तथा प्रशान्त क्षेत्रमा मात्र रहेको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको तथ्यांक छ ।

नेपालबाट बर्सेनी चार लाखको हाराहारीमा वैदेशिक रोजगारीमा युवा जाने गरेका छन् । विदेशमा करिब ३० लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान गरिए पनि आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन ।

हरेक वर्ष यो दिवस मनाइए पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारले विदेशमा भोग्नुपरेका समस्या समाधानतर्फ भने ठोस पहल हुन सकिरहेको छैन । 

मेनपावर व्यवसायीले अधिक रकम असुल्ने गरे पनि सरकारले वास्ता दिएको छैन । 

वास्ता गरे पनि आन्तरिक सेटिङमा कुरा मिल्ने पटक पटकका अनुसन्धानले खुल्दै आएको छ । 

रोजगारीमा गएपछि भनेअनुसारको काम र तलब नपाउने, कठिनपूर्ण काममा लगाइने, करार अवधि सकिएपछि पनि घर फर्कन नदिने जस्ता यातना जारी नै छन् । 

आप्रवासी कामदारको हकहित, अधिकार संरक्षणमा सरोकारवाला निकायलाई झक्झकाउने र कामदारको हितमा निर्णय गराउन दबाब दिन सकेमा मात्रै यो दिवस मनाउनुको सार्थकता हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ