arrow

बार्सिलोनाले गोल बर्साएको दिन मेस्सी चुके, गयो मेहनत खेर

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
messi4.jpg

काठमाडौं। स्पेनिस फुटबल ला लिगामा लिग लिडर बार्सिलोनाले डेपोर्टिभोलाई ४–० ले हराएको छ। घरेलु मैदानमा खेलेको बार्सिलोनाका लागि पाउलिन्हो र लुइस सुवारेजले २–२ गोल गरे। 

गोलकै वर्षा हुँदा पनि लिओनल मेस्सी भने गोल गर्न चुके । ७० औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसकेर मेस्सी गोल गर्नबाट चुकेका हुन्। लिगका अन्य खेलमा भिल्लारियलले सेल्टाभिगोलाई र गिरोनाले गेटाफेलाई १–० ले हरायो । लस पल्मस र स्पानियोलले २–२ को बराबरी खेले ।लिगको अंक तालिकामा १६ खेलबाट ४२ अंकसहित बार्सिलोना शिर्ष स्थानमा रहेको छ। ३६ अंकको एथलेटिको मड्रिड दोस्रो, भ्यालेन्सिया ३४ अंकसहित तेस्रो तथा एक खेल कम खेलेको रियाल मड्रिड ३१ अंकबाट चौथो स्थानमा छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ