arrow

‘४ गोल’ नेपाली फुटबल सफलताको संयोग (१९८४ देखि २०१६ सम्म)

रोचक : नेपाल–माल्दिभ्स भेट

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
hamrakura-matter-FNL.jpg.jpeg
काठमाडौं । प्रतियोगिताहरु जहिले पनि खेलाडीको कला–कौशलले जितिन्छन् ।  तर, मेहनत र कौशलले जितिने खेलहरुमा पनि केही अनौठा संयोग जोडिएका हुन्छन् । यस्तै, संयोग नेपाल र माल्दिभ्सको फुटबल खेलमा रहयो । जुन संयोगले नेपाली फुटबलको २३ वर्षे फुटबल इतिहासमा एक अपार खुसी जोडिदियो । अनौंठो संयोग हो ‘४ गोल’ । नेपाल र माल्दिभ्स धेरै पटक आमने सामने भएका छन् तर, प्रतियोगिता जित्ने क्रममा ४ गोलको संयोग अर्थपूर्ण देखिएको छ ।
 
सन् १९८४ मा काठमाडौंमा भएको पहिलो साफ खेलकुदमा नेपालले फुटबल तर्फको स्वर्ण पदक हात पार्ने क्रममा २ पटक माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । माल्दिभ्सलाई २ पटक पराजित गर्ने क्रममा नेपालले एक पटक समूह चरणमा र अर्को पटक सेमिफाइनलमा ४–० कै गोल अन्तरले पराजित गरेको रेकर्ड छ । आश्चर्य त समूह चरणमा पराजित भएको नेपालले फाइनलमा बंगलादेशलाई हराउँदै स्वर्ण पदक हात पारेको थियो । त्यस ताका साफ खेलकुदमा पाँच टोली मात्रै सहभागि थिए । पाँच टोलीमात्रै रहेकाले सबै एउटै समूहमा रहे । 
 
को को थिए १९८४ को स्वर्ण जित्दा ? 
भक्तराज राजकर्णिकार
श्रीराम रन्जितकार
लोक बहादुर शाही 
सुरेश पन्थी
धिरेन्द्र प्रधान 
मानबहादुर मल्ल
रुपकराज शर्मा 
कृष्ण थापा
गणेश थापा
किरण राई
राजु शाक्य
उमेश प्रधान
केदार मानन्धर
दिनेश श्रेष्ठ
शुरेश बस्नेत
वाइबी घले 
साे टोलीको क्याप्टेन रुपकराज शर्मा थिए । यस्तै स्ट्राइकर कृष्ण थापा, गणेश थापा, दिनेश श्रेष्ठ केदार मानन्धर र किरण राई थिए । लोक बहादुर शाही गोलकिपर थिए । १९८४ को टोली सदस्य थिए । वर्तमान एन्फा महासचिव धिरेन्द्र प्रधान । प्रधानले हाम्राकुरासंग भने,‘त्यो बेलाको टोली निकै सशक्त थियो ।’ सो नै अन्तर्राष्ट्रिय पहिलो उपाधि थियो । त्यो पनि घरेलु मैदानमा । 
 
मालेमा पनि ४ कै संयोग, तर ‘हार’   
माल्दिभ्सको मालेमा भएको सन् २००८को साफ च्याम्पियनसिप नेपालको पक्षमा रहेन । माल्दिभ्सले नेपाललाई ४–१ ले पराजित गरेसंगै प्रतियोगिताको उपाधि यात्रा तय गरेको थियो । फाइनलमा माल्दिभ्सले भारतलाई १–० गोलले हराउँदै उपाधि कब्जा गरेको थियो । त्यो खेल अहिले पनि सम्झिन्छन् नेपाली फुटबल खेलाडी अनिल गुरुङ । गुरुङले भने,‘त्यो बखतका सबै खेलाडीको सागर लगभग थापाकै टोलीकै थिए । कप्तान सागर नै थिए । प्रशिक्षक जर्मन नागरिक थोमस फ्लाथ थिए । 
 
सन् २०१६ बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबलको सेमिफाइनमा नेपालले माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनलमा बहराइनको ओलम्पिक टोली यू–२३ लाई पराजित गर्दै प्रतियोगिताको उपाधि जित्यो । १९८४ को इतिहास देखि बंगबन्धु सम्म पुग्दा नेपालले औपचारिक तीन उपाधि जितेको छ । 
 
दोस्रो स्वर्ण पदकमा पनि ४ गोलकै संयोग
सन् १९९३ मा बंगलादेशको ढाकामै भएको छैटौँ साफमा नेपालले दोस्रो उपाधि हात पारेको थियो । कप्तान राजुकाजी शाक्य थिए । नेपालले भारतलाई फाइनलमा ४–३ ले स्तब्ध पारेको थियो । यहाँ पनि ४ गोलकै कै संयोग रहयो । निर्धारित समय र अतिरिक्त समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरको फाइदा नेपालले उठायो । त्यसबखत रंक्षापंक्ति राम्रो गरेका उपेन्द्रमान सिंहको कौशल २३ वर्ष पछि पनि देखियो ।
 
सिंह शोही रंगशालामा मात्र एक गोल खाएर उपाधि दिलाउन सफल भए । उवेला एउटै टोली सदस्य रहेका नेपाली फुटबल प्रशिक्षक बालगोपाल महर्जन र गोलरक्षक प्रशिक्षक उपेन्द्रमान सिंह बंगलादेशको भूमिमै २३ वर्षे उपाधिको खडेरी अन्त्य गर्न सफल भए । १९९३ मा उपेन्द्रमानसिंहले उत्कष्ठ बचाउ गरेका थिए । यसरी तथ्यांक केलाउँदा ४ गोल नै रोचक संयोग ठहरिएको छ । यीनै प्रतियोगितामा नेपाल र माल्दिभ्सको ४ गोलको संयोगले उपाधिको छिनोफानो गरेको छ ।
 
क्वालिफाइड नभई फर्केको तीतो क्षण 
सन् २००९ मा बंगलादेशमा भएको खेलमा नेपालीप फुटबल टिम लिएर बंगलादेश पुगेका कृष्ण थापा अन्ततः तितो अनुभव गरेर फर्किए । त्यो क्षण सम्झिँदै उनले हाम्राकुरासंग भने,‘हामी क्लालिफाइड नै भएनौं, अनि फर्कियौं ।’ टोलीले ३ खेल खेलेकामा अफगानिस्तानविरुद्ध ३–० को जित तथा माल्दिभ्स संग १–१ को बराबरी र भारतसंग १–० को हार बेहोरेको थियो । माल्दिभ्सविरुद्ध जुमनु राईले गोल गरेका थिए । अफगानिस्तानविरुद्ध अनिल गुरुङले दुई विजय गुरुङले एक गोल गरे । टोलीमा जुमनु राई, अनिल गुरुङ, विराज महर्जन, सागर थापा, भोला शिलवाल, विकास मल्ल, रितेश थापा, रोहित चन्द, अन्जन केसी, विजय गुरुङलगायत थिए । जुन टोलीका ३ सदस्य अहिले खेल मिलेमतोको कारबाही भोगिरहेका छन् ।   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ