arrow

बाजुरामा एमाले सांसदको तुच्छ हर्कत, पत्रकारलाई गरे गाली

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
lal-bahadur-thapa.jpg

बाजुरा । बाजुराका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा एमाले सांसद लालबहादुर थापाले बाजुरामा क्रियाशिल पत्रकारहरुको सार्वजनिक कार्यक्रममा बेइज्जत गरेका छन् । सोमबार सदरमुकाम मार्तडीको समिक्षालयमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले बाजुरामा रहेका स्थानीय संचार माध्याम र राष्ट्रिय संचार माध्याममा काम गर्ने पत्रकारहरु सवै दलाल भएको आरोप लगाए ।


थापाले भने 'बाजुरामा मेरा आँखाले अहिले सम्म पत्रकार देखेको छैन् । जति पत्रकार छन् । ती सवै पत्रकारहरु राजनितिक खोल ओडेका छन् यीनका समाचारमा केही सत्य तथ्य छैन् । ' उनले  कार्यालय प्रमुखहरुलाई सजग रहन समेत आग्रह गरे ।

जिल्ला सदरमुकाम मार्तडीमा कार्यालय प्रमुखको अन्तरक्रिया कार्यक्रममा प्रतिनिधी सभा सदस्य थापाले पत्रकारको खुलेरै बेइज्जत गरेका हुन । उनले बाजुराका  पत्रकारहरुले बाजुरालाई गरिब बनाएको आरोप समेत लगाए ।  

मानव बिकास सुचाकंको ७५ औँ स्थान मा रहेको र गारिबीको रेखामुनी रहेको बाजुरालाई पत्रकारीताको माध्यायमबाट धेरै बिकास भएको पत्रकार महासघं बाजुराका सचिव प्रेम बिकले एमाले सांसदलाई सुनाएका थिए ।  उनले सञ्चार माध्यामलाई अनाहक रुपमा बेईज्जत नगर्न चेतावनी समेत दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ