arrow

बदलिँदै सिलवाल : पहिले खेत–खेतमा, अहिले घोडामा

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
silwal_news.png

काठमाडौं । नवराज सिलवाल अर्थात् । प्रतिनिधिसभा सदस्य । पूर्व प्रहरी नायव महानिरीक्षक डिआइजी । वर्षैभरी चर्चाको शिखरमा रहे । वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रहरी प्रमुख आफै हुनुपर्ने जिकिर गर्दै आएका सिलवाल न्यायलयको ढोकामा एक पटक हैन पटक–पटक पुगे ।

जसकारण वर्षभरी उनी सर्वत्र छाइरहे । अब उनी जनप्रतिधि भइसके अर्थात् सांसद  । उनको परिचय पनि फेरिएको छ । अब उनी पूर्व प्रहरी उच्च अधिकारी मात्रै होइनन् । सार्वभौम संसदको सदस्य । तर, उनले अहिले पनि न्यायलयको ढोका ढक्ढकाउन छोडेका भने छैनन् । केही दिन अघि मात्रै सर्वोच्चले दिएको फैसलाको पूर्णपाठले उनीविरुद्ध फर्जी कागजात बनाएको भन्दै छानविन गर्न उर्दी गरेको छ ।

उनले त्यसअघि एको छानविनको अन्तरिम आदेशलाई रिट हालेर रोक्न लगाएका थिए । अब उनी छानविनको घेरामा छन् । तर, नवनिर्वाचित सांसद सिलवाल अहिले निकै फेरिएका छन् । उनी अहिले मतदातालाई धन्यवाद दिन घरदैलो गरिरहेका छन् । त्यो पनि नयाँ शैलीमा ।

चुनावी प्रचारका बेला जुत्ता लगाएरै खेलमा धान काट्न पसेका सिलवाल अहिले फरक भेषमा छन् । दुलाह झैँ ठाँठिएका सिलवाल अहिले घोडामा सवार हुन्छन् । अगुवा पछुवा लिएर ललितपुरका गाउँगाउँ पुग्छन् ।

गएको कार्तिक २३ गते सिलवाल खेतमा धान काट्दै गरेको देखिएका थिए । उनले फोटोका लागि मात्र नभई एक कान्ला धान काट्न भ्याए । उनले भनेका थिए, ‘मैले सानोमा पनि घाँस काटेकै हो, मलाई धान काट्न नआउने होइन ।’

सिलवालले चुनावमा धान काट्दै मत मागेका थिए । अन्ततः उनी विजयी भए । हिजो धान काट्न हिलोको प्रवाह नगरी खेतमा पसेका सिलवाल एकाएक चिल्लो अग्लो घोडा चढेर आएको देख्दा मतदाता भने अचम्ममा परेका छन् ।

प्रहरी महानिरीक्षक बन्ने सपना चक्नाचुर भएपछि राजीनामा दिएर राजनीतिमा लागेका पूर्वडीआईजी नवराज सिलवाल ललितपुर– १ बाट निर्वाचित भएका हुन् ।

काँग्रेस उम्मेदवार उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतले हराउँदै सिलवाल निर्वाचित भए । सिलवालले २६ हजार ९ सय ४६  मत पाए भने राणाले २० हजार ७ सिय २९ मत ल्याए । २०७० सालमा ललितपुर– १ बाट निर्वाचित राणा बहालवाला अर्थराज्यमन्त्री छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ