arrow

बाजुरामा भुवा पर्व सुरु

logo
रमित बि.क.,
प्रकाशित २०७४ पुष ३ सोमबार
Bhuwa_Start_pic.JPG

बाजुरा । बाजुरामा भुवा पर्व सूरु भएको छ । प्रत्येक वर्ष पौषे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा,बझाङ्ख,अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैँ पछिको दोस्रो ठूलो पर्व हो ।

 त्रेतायूगमा पाण्डव र कौरवीचको लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ । यो पर्व सुदूर तथा मध्यपश्चिमका धेरै जिल्लामा विशेषरुपले मनाइने गर्दछन । बाजुरा जिल्लाका धेरै गाउँपालिका र नगरपालिकाहरुमा यो पर्व निकै रमाइलो गरी मनाउने गर्दछन । बाजुरा जिल्लाका मार्तडी,जुगाडा,पाण्डुसैन,बम्रतोला,कैलाशमाडौ,कुल्देवमाण्डौँ लगायत गाविसमा यो पर्व विषेशरुपमा मनाईन्छ ।

 रातभरी आगोको मुढा सल्काएर देउडा,भारीखेल,भोस्सो लगायत विभिन्न खेलहरु छुट्टा छुट्टै खेल्ने चलन छ । आफ्नै रीति संसकृतिको जर्गेना गर्न यो पर्व ३ देखि ५ दिन सम्म मनाईन्छ । यसपर्वमा गाउँमा छैट खेल्ने चलन पनि छ । घरको जेठो छोरा जन्मेको एक वर्ष पुरा गरेपछि उसको घरमा गएर छैट माग्ने चलन छ ।

छैटमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने,बच्चालाई गाउँका ठूलाबाडा मान्यजनले आर्शिबाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोज गर्ने चलन यस पर्वको अर्को विशेषता हो । यस पर्वमा ब्रमतोलामा हरिनु खेल्ने चलन छ । स्थानीयबासीका अनुसार हरिनु भनेको मान्छेलाई मुकुट लगाई श्रृङगार गरी कसैलाई बाघ,चितल,हरिण बनाई बाजागाजाका साथ घमाउने र रमाईलो गर्ने चलन छ ।

अर्को विशेषता राँकेजुलुसका बारे जोतिष कुष्मराज पण्डितका अनुसार पाण्डव र कौरवको लडाईंमा रातपरेपछि उज्यालोको आवश्यक भएकोले राँको सल्काई लडाईं सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँकेजुलुस निकाल्ने गरेको उहाँको भनाई रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ