arrow

दुई पोखरेली मन्त्रीको दाउमा, कसले मार्ला बाजी ?

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
rabindra_khagraj.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाम गठबन्धनको बहुमत देखिएसँगै नेकपा एमाले र माओवादी केन्द्रबाट सरकारमा जाने सम्भावित व्यक्तिहरुको चर्चा सुरु भएको छ । निर्वाचनको समयमा ६० प्रतिशत र ४० प्रतिशतको भागबण्डा गरेर चुनाव लडेका एमाले र माओवादी अहिले सरकार गठनको बेलामा पनि भागवण्डाबाटै अघि बढ्ने तयारीमा छन् । 

यसरी भागवण्डा गर्दा एमालेको भागमा १५ मन्त्रालय आउने देखिन्छ । मधेशी दलहरुलाई सरकारमा समावेश नगरेको खण्डमा बढीमा २५ सदस्य रहनसक्ने मन्त्रिपरिषद्मा २१ मन्त्री एमालेको पर्दा को को आउलान् मन्त्री बनेर ? भन्ने विषय अहिले चर्चाको विषय बनेको छ । एमालेले यस पटक ५ वर्षको लागि स्थायी सरकार बन्ने भएकोले युवा नेताहरुलाई नै अघि सार्ने धेरैको जनअपेक्षा देखिन्छ । तर, राजनीतिक भागवण्डाको शिकारमा परेर केही युवानेताहरुले भने मन्त्री नपाउने सम्भावना देखिएको छ । 

कास्की क्षेत्र नं २ बाट प्रतिनिधि सभामा विजयी भएका युवा नेता रविन्द्र अधिकारी पनि धेरैले खोजेका युवा नेता हुन् । विकास समितिमा हुँदा केही उल्लेखनीय काम गरेका अधिकारी मन्त्री भएभने राम्रैसँग मन्त्रालय सम्हाल्नेछन् भन्ने आशा धेरैमा भएपनि उनी पार्टीभित्रकै आन्तरिक राजनीतिका कारण मन्त्री नबन्ने सम्भावना समेत बढेर गएको छ । 

कास्की एमालेकै अर्का नेता खगराज अधिकारी पनि कास्कीका अर्का प्रभावशाली नेता हुन् । रविन्द्रको केन्द्रमा र देशभरका अन्य युवाहरुमा राम्रो प्रभाव छ भने खगराजको पार्टी केन्द्रमा र स्थानीय कार्यकर्तामा राम्रो प्रभाव छ । एमालेका जिल्लानेताहरुका अनुसार कास्कीमा रविन्द्र अधिकारीको कार्यकर्ता तहमा त्यति राम्रो पकड रहेको छैन । त्यसैले उनी भन्दा खगराज बढी प्रभावशाली मानिन्छन् । 

त्यसो त खगराज पार्टी अध्यक्ष केपी ओली पक्षका मानिन्छन् भने रविन्द्र बामदेव पक्षका । केपी ओलीले पोखराबाट आफ्नो गुटका नेता छाडेर अर्काे गुटका नेता त्यति सहजै छान्ने अवस्था पनि देखिँदैन । यसको लागि नेता बामदेवले माओवादी अध्यक्ष प्रचण्डसँग मिलेर केपी ओलीसँग वार्गेनिङ गरेमात्रै पोखराबाट रविन्द्र अधिकारी मन्त्री बन्ने सम्भावना रहेको एमाले नेताहरुले बताएका छन् । 

मुख्यमन्त्रीमा पनि ओली प्यानलकै 
प्रदेश नं ४ को मुख्यमन्त्री पनि ओलीले आफ्नै प्यानलका प्रदेश सांसद् एवं एमालेका पृथ्वी सुब्बा गुरुङलाई बनाउने तयारीमा जुटेका छन् । बामदेव पक्षकै किरण गुरुङ र माओवादीका दिपक अधिकारी समेत रहेको मुख्यमन्त्रीका उम्मेदवारलाई पछि पारेर पृथ्वीले नै मुख्यमन्त्री पाउने सम्भावना चुनाव अघि केपी ओली, प्रचण्ड, देव गुरुङ र पृथ्वीबीचको भेटले पनि पसष्टि गरेको छ । चुनावमा देव गुरुङलाई लमजुङमा सेटल गराउनेको लागि यी ४ जनाबीच पृथ्वीलाई मुख्यमन्त्री दिने सहमति भएको थियो । 

यसमा पनि बामदेवका उम्मेदवारले कुनैपनि पद नपाउने भएपछि बामदेवले ओलीसँग वार्गेनिङ गरे भने बरु रविन्द्र अधिकारीको मन्त्री बन्ने सम्भावना भने बढी हुन सक्छ । तर, पार्टी अध्यक्ष केपी ओलीले ४ नं प्रदेशको विषयमा केही निर्णय गर्नुपरेमा आफ्ना सहयोगी खगराजसँग सुझाव लिने र रविन्द्र अधिकारीलाई खगराजले मननपराउने भएकोले पनि अधिकारीको मन्त्री बन्ने सम्भावना कम भएको हो ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ