arrow

मेस्सीको हातमा एकैपटक दुई दुई वटा अवार्ड 

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
messi-award-winner.jpg

बार्सिलाना । स्पेनिस फुटबल क्लव बार्सिलोनाका कप्तान लियोनल मेस्सीले एकैपटक दुई दुई वटा अवार्ड पाएका छन् । 

अर्जेन्टाइन स्ट्राइकर मेस्सीले सोमबार राति भएको विशेष समारोहमा सन् २०१६–१७ को सिजनका लागि पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड जितेका हुन् । 

यो अवार्ड स्पेनिस खेल पत्रिका मार्काले प्रदान गरेको हो । 

मार्काले हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई पिचिची अवार्ड दिने गरेको छ । 

मेस्सीले गएको सिजन ला लिगामा ३४ खेलमा ३७ गोल गरेका थिए । 

अलफ्रेडो डि स्टेफानो अवार्ड भने ला लिगामा सिजनको उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ । 

पुरस्कार समारोहमा बार्सिलोनाका मिडफिल्डर आन्द्रेश इनिएस्टाले स्पेनको सबैभन्दा अमूल्य खेलाडीको अवार्ड पाएका छन् ।

बार्सिलोनाले यसपटक ला लिगा जित्ने लक्षण ल्याएको छ । १६ खेलबाट ४२ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ । 

दोस्रो स्थानको एथलेटिकोको ३६, तेस्रो स्थानको भ्यालेन्सियाको ३४ तथा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडको ३१ अंक छ । 

Messi poses with the Pichichi trophy, which is won by the top scorer of each La Liga season 

Messi won the Alfredo Di Stefano award after being labelled as the best player in La Liga 

Messi poses with Barcelona team-mate Andres Iniesta at the awards ceremony on Monday 

Barcelona midfielder Iniesta picked up Spain's Most Valuable Player award

The Argentine star and the other award winners show off their prizes in Barcelona

Messi helped Barcelona comfortably beat Deportivo 4-0 on Sunday night in La Liga

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ