arrow

दूरसञ्चारको नीति नियमबारे साझा धारणा बनाउन सार्क स्तरीय बैठक काठमाडौंमा सुरु

काउन्सिलको अध्यक्षमा झा चुनिँदै

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
apt-nta-2.jpg

काठमाडौं। दूर सञ्चार क्षेत्रको नियामकहरुको सार्क स्तरीय बैठक काठमाडौंमा सुरु भएको छ। एशिया प्यासिफिक टेलिकम्युनिटीको आयोजना र नेपाल दूर सञ्चार प्राधिकरणको सहआयोजनामा काठमाडौंको सोल्टी होटलमा सुरु भएको १८ औं साउथ एशियन टेलिकम्युनिकेशन रेगुलेटर काउन्सिलको बैठकको उद्घाटन सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले गरेका हुन्। 

दक्षिण एशियाका ८ मुलुक र इरान सहित कूल नौ मुलुक सदस्य रहेको काउन्सिलले आगामी एक वर्षको लागि नयाँ नेतृत्व छान्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार यस पटक एक वर्षको लागि नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा काउन्सिलको अध्यक्ष चुनिँदै छन्। यस अघि यस्तै बैठक बंगलादेशमा भएको थियो। 

प्राधिकरणका प्रवक्ता अर्यालले काउन्सिलको यो बैठकमा ब्रोड व्याण्ड लगायतका इन्टरनेट, स्पेकेटम्स, फाईभ जी लगायतका नयाँ प्रविधिको सम्भावना र प्रयोग, यसका समस्याहरु लगायतको विषयमा छलफल गर्नेछ। यो बैठकले अघिल्लो वर्ष तयार पारेको टेलिकम्युनिकेशन सम्बन्धी एक्सनप्लान २०१७ १८ मा आधारित भएर छलफल गर्नेछ। यो एक्सन प्लान प्रत्येक दुई वर्षमा तयार पारिन्छ। ३ दिनसम्म चल्ने यो बैठकले यस बाहेक सूचना प्रविधि क्षेत्रको सर्वव्यापी चासोको विषयमा पनि छलफल हुनेछ। 

No automatic alt text available.

त्यस्तै, बैठकका समन्यवकर्ता हिरण्य प्रसाद बस्ताकोटीले यस बैठकमा एसडीजी २०३० को बारेमा छलफल र डिजिटल इन्स्फाटक्चरको विषयमा समेत छलफल हुने बताए। दूरसञ्चारको सेवा नपुगेको ठाउँमा कसरी सेवा पुर्याउने ? सेवा प्रदायक कम्पनीहरुका साझा समस्या कस्ता छन् र यसलाई समाधान कसरी गर्ने ? यसले आफ्नो देशको राष्ट्रिय अर्थतन्त्रमा कस्तो प्रभाव पार्नेछ ? लगायतको विषयमा व्यापक छलफल गरी यसको साझा धारणा बनाउन काउन्सिलको तयार पारिनेछ। 

बैठककको उद्घाटन गर्दै मन्त्री बस्नेतले बैठकले नेपाल लगायतका मुलुकमा टेलिकम्युनिकेशनको समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाचह गर्ने भन्दै यसको सफलताको शुभकामना व्यक्त गरे। नियामक निकायहरुले नै रणनीतिक रुपमा दूरसञ्चार क्षेत्रको विकासमा लाग्नु सह्राहनीय काम भएको भन्दै उनले काउन्सिलको प्रशंसा समेत गरे। 

Image may contain: 5 people, people sitting and indoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ